निर्दलीयताको कुनै सम्भावना छैन : डा. भट्टराई

१ बैशाख २०७०, आईतवार २०:४६ मा प्रकाशित

रासस, काभ्रे, १ वैशाख । माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले चार दलको संयन्त्रमा नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यलाई समेट्ने बारेमा छलफल भइरहेको बताएका छन् । आइतवार बनेपामा आयोजित कृषि बजार उद्घाटन गर्न आएको बेला क्रान्तिकारी पत्रकार संघले राखेको पत्रकार सम्मेलनमा भट्टराईले मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पनि चुनावमा सहभागी हुने ठोकुवा गरे । उनले वर्तमान सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्नुपर्ने उल्लेख गर्दै भने, ‘असारमै निर्वाचन गर्न गरेर मुलुकलाई निकास दिन सक्दा राम्रो हुन्थ्यो तर व्यवहारिक रुपमा त्यो कठिन देखिएकाले कात्तिकको अन्तिम साता चुनाव गर्नुपर्छ ।’
सोही कार्यक्रममा भट्टराईले मुलुकमा निर्दलीयताको कुनै सम्भावना नरहेको बताएका छन् । उनले दलहरूको सहमतिमा बनेको वर्तमान सरकारले नै निर्वाचनको मिति छिट्टै घोषणा गर्ने बताए । दलहरूको सहमतिमा नै बाधा अड्काउ फुकाउ गरेर असार ७ मा नै निर्वाचन गर्ने दलहरूबीच सहमति भएको उल्लेख गर्दै  डा. भट्टराईले विभिन्न बहानामा निर्वाचन टार्ने स्थिति आए त्यसले अस्थिरता र खतरा उत्पन्न हुने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय