अमेरिकी शुभकामना सांझमा सन्तोष पन्त

१ बैशाख २०७०, आईतवार १९:२० मा प्रकाशित

नातिबाबु भट्ट, कोलोराडो । हास्य कलाकार सन्तोष पन्तको बिशेष उपस्थितीमा कोलोराडो निवासी नेपालीहरुले नयां बर्ष २०७० शुभकामाना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकि माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा झण्डै ५ सय भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो ।

हामिल्टोन मीडील स्कूलमा सनीबार सांझ सम्पन्न भएको कार्यक्रममा, सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । कार्यक्रममा नेपाल र नेपाली सांस्कृती प्रति मायां र सद्भाव राख्ने अमेरीकीहरु प्नि सहभागी भएका देखिन्थे ।

कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै दौतरीका साथ शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अबस्था अनुसार नयां बर्षको शुभकामाना साटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो ।

लोक , आधुनिक , देश भक्ति,पप लगायतका गीतमा कलाकार भाई बहिनीहरुले कम्बर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरीरहदा आफुलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो । साथै बिशेष अतिथी सन्तोष पन्थले कलाकार द्धय कृष्ण मुरारी ढुङ्गेल र निर्मल प्याकुरेल मार्फत शेर्पा भेषमा नेपालको समसामहिक ब्याङग्यात्मक अन्तरवार्ता प्रस्तुत गरेका थिए ।

त्यत्तीमात्र होईन उनले स्टेजमा उभिएर बिभिन्न समुदायका ब्याक्तिहरुको हाउभाउ र सम्बाद गरी दर्शकको मन जिन्त सफल भएका थिए । उनलाई दर्शक दिर्घाबाट ताली र हुटिङको आवाजले हल गुन्जीरहेको थियो । कार्यक्रममा स्थानीय गायक उषा कीरण अधिकारी, सुरेश प्रधान, मनोज तुलाधर, नीलम श्रेष्ठ लगायतले गीत गाएर मनोरञ्जन गराएका थिए ।

आयोजक संस्थाका अध्यक्ष शुरेन्द्र श्रेष्ठले बिशेष अतिथी सन्तोष पन्थलाई खादा पहि-याएर सम्मान गरेका थिए । उनले आङ्खनो दुईबर्षे कार्यकालको प्रगती सहभागी सामु प्रस्तुत गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिएका थिए । त्यसैगरी कार्यक्रममा बिआरटी नेपाल डटकमका शैलेस पोखे्रल, साहित्यकार मनु बज्राकी, मीस नेपाल २०१३ को ताज पहिरन सफल कोलोराडो निवासी ईशानी श्रेठको बुबा बिके श्रेठलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा सुचना र संचारको क्षेत्रमा योगदान पु-याउदै आएको बिआटी नेपाल डट कमको संयोजनमा बिभिन्न किसिमका डोर प्राईज ब्याबस्थापन गरी दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने प्रयास गरिएको थियो ।

तोकीएकै समयमा भन्दा आधाघण्टा पछि साझ ७ बजेसुरु भएको कार्यक्रम राती सवा दस सम्म सञ्चालन भएको थियो । हास्य कलाकार सन्तोष पन्थ संगै नयांबर्ष मनाउने अबसर प्रदानगरी सकारात्मक काम गरेको रकि माउन्टेनले कार्यक्रम ब्याबस्थित गर्न नसक्दा बिगतका बर्षहरुमा भन्दा केही खल्लो भएको सहभागीहरुको गुनासो रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा