देश विकासका लागी पर्यटन अपरिहार्यः ओली

१ बैशाख २०७०, आईतवार १९:१६ मा प्रकाशित

देवचन्द्र भट्ट, रानीपौवा, नुवाकोट, १ वैशाख । एमाले वरिष्ठ नेता केपी शर्माओलीले देश विकासका लागी पर्यटन क्षेत्रको पनि निकै ठुलो महत्व रहेको वताउनुभएको छ । नेपालमा सर्वसाधारणको आर्थिक स्तर उकास्न पर्यटन क्षेत्रको महत्व निकै ठुलो रहेको कारण यसले देशको पनि विकास हुने नेता ओलीले वताउनुभएको हो । नुवाकोटको पर्यटकिय ककनी गाविसको रानीपौवामा आइतवार रानीपौवा –जग्रे–चिम्टेश्वर–देवीघाट पदमार्गको उद्घाटन गर्नुहुदै वरिष्ठ नेता ओलीले नयां वर्षमा सुरु गरिएको पदमार्ग जस्तै देशमा शान्ति र संविधानका लागी सरकारले तत्काल निर्वाचनको मिति घोषणा गनु पर्ने वताउनुभयो । देशमा विकासका लागी पर्यटनलाई प्रमुखता दिएर अगाडि वढ्नु पर्ने अवस्था आइसकेको कारण अव यसलाई नै देश विकासको प्रमुख आधार वनाइनु पर्नेमा जोड दिनुभयो । सोहि कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले अव सरकारले देशको आर्थिक विकासका लागी पर्यटकिय क्षेत्रहरुको पहिचान गरेर आर्थिक वुद्धि गरिनु पर्नेमा जोड दिनुभयो । आर्थिक विकास पनि देश र जनताको विकासको मुख्य पाटो भएको कारण अव नेपालले आर्थिक विकासका लागी वेरोजगार युवा शक्तिलाई पर्यटन विकासमा केन्द्रीत गरिनु पर्ने वताउनुभयो । पदमार्गको उद्घाटनपछि सुरु भएको दुई दिने पदयात्रामा नेता ओली, रिजालका साथमा नेकपा एमालेका नेताहरु अमृतकुमार वोहरा, विष्णु पौडेल, मुकुन्द न्यौपाने, प्रदीप ज्ञवाली, विष्णु रिजाल, महेन्द्रवहादुर पाण्डे, पृथ्वी सुव्वागुरुङ, केशव पाण्डे, माधव ढुंगेल, राजेन्द्रप्रकाश लोहनीसहित ३० जना विभिन्न राजनीतिक दलका नेता, पत्रकार, विद्यार्थी, पर्यटनकर्मिसहित दुईसय ५० जनाको सहभागिता रहेको छ । पदयात्राको पहिलो दिन सहभागीहरु आइतवार प्रसिद्ध पर्यटकिय चिम्टेश्वरमा वास वसेर सोमवार वेलकोट–जिलिङ हुदै देवीघाटमा पुगेर समापन हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको