हिउँ चितुवा हराउँदै लाङटाङमा

१ बैशाख २०७०, आईतवार १९:१३ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, १ वैशाख । विश्वमै दुर्लभ मानिएको बन्यजन्तु हिउँ चितुवा रसुवाको प्रमुख पर्यटकिय लाङ्गटाङ्ग क्षेत्रमा लोप हुने अवस्थामा पुगेको छ । विगतमा लाङ्गटाङ्गमा प्रसस्तै देखिने हिउँ चितुवा जन्तु वितेको तीन वर्षमा क्रमशः कमी हुँदै आएको र चितुवाको संख्या एकाएक हराउनुका यकिन तथ्य नभेटिएको सरोकारवालाहरुले बताइरहेका छन् । विश्व वन्यजन्तु सम्पदा सुचिमा हिउँ चितुवा दुर्लभ मानिएको बन्य जन्तु हो । चितुवा हराउनुको कारणमा आहाराको कमीलाई अनुमान गरिएको छ । नेपाल तिर आहाराको अभाव भएपछि चीनको तिब्बततिर बसाईँ सरेको अनुमान पनि छ । हिउँ चितुवाको आहारा जङ्गली जनाबर झारल हो । झारल अभाव भएकै कारण स्थानीय गोठमा रहेको चौरीलाई आक्रमणका प्रयास समेत थुप्रै पटक भएका थिए । तर, स्थानीयहरु भने हिउँ चितुवा देखिन छाडेको प्रचार गर्दा आन्तरिक तथा बाह्य पर्यटकको आगमनका कमी हुन्छ की भन्ने चिन्ताका कारण देखिन छाडेको बताउँन हम्मेसी मान्दैनन् । अनुसन्धानमा गएकाहरुले तीन वर्षको अन्तरालमा अहिलेसम्म एउटै हिउँ चितुवा देखेका छैनन् । अहिले विश्व बन्यजन्तु कोषले चितुवाको बासस्थान, आहारा, र संख्याको खोजीलाई रसुवामा तिब्रता दिएको छ । कोषले लाङटाङको हिउँ चितुवा तिब्बततिर बसाई सरेको अनुमान गरेको छ । अहिलेसम्म हिउँ चितुवाको बारेमा उत्साहजनक खोजी गर्न नसकिएको कोषले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

हुम्ला।नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ । टेन्डर

काठमाडौं । मिसावट गरी गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ ज्याठा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-६ घर भएका

काठमाडौँ । काठमाडौँ जिल्लामा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर