
काठमाडौं, १ बैशाख । प्रवासी साहित्यकार विश्वास दीप तिगेलाको नयाँ कृति गोप्यकुरा सार्वजनिक भयो । संगीतकार राजकुमार बगरको एकल संगीत र तिगेलाको एकल शब्द रचनामा तयार भएको गीति एल्बम गोप्यकुरा लाई प्राज्ञ डा. गाविन्दराज भट्टराईले सार्वजनिक गर्नु भएको हो ।
कृतिका बारेमा प्राज्ञ ललिजन रावल, प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ अमर तुम्याहाङ, रमेश पौडेल, विनोदध्वज खड्का, तुलसी बस्नेत लगायत स्रष्टा स्वयं तिगेला र बगरले बोलेका थिए ।
विभिन्न स्वादका गीत संगीत समेटिएका गोप्यकुराका गीतहरु सुनेर लोकप्रिय हुने आस गर्दै शुभ कामना दिएका थिए । नयाँ वर्ष २०७० को पहिलो दिनको अवसरको कारण सहभागी सबैले शुभकामना आदान¬–प्रदान पनि गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा
वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत
सिओल । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई
उसले मलाई जे भनेपनि हुन्छ दुख्ने मुटु उसको मात्रै पो छ मैले त सब चुपचाप सहनुपर्छ मेरो मुटु खोई मानव