ओलीको आँखामा एमाओवादी लुटेरा, अपराधी र जनविरोधी पार्टी

१ बैशाख २०७०, आईतवार ०७:२८ मा प्रकाशित

काठमाडौं, १ वैशाख । निर्वाचनको तिथि टुंगो नलागे पनि ठूला भनिएका हरेक दलका नेताहरुले आगामी निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने दाबी गर्ने क्रम सुरु भएको छ । यसै सिलसिलामा नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले आगामी संविधानसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । एमाले नुवाकोट–काठमाडौं सम्पर्क कमिटीको आठौं अधिवेशनलाई शनिबार सम्बोधन गर्दै नेता ओलीले चुनावमा एमाओवादी नराम्ररी पराजित हुने र त्यसपछिको अर्को निर्वाचनसम्ममा उक्त पार्टी समाप्त हुने भविष्यवाणी समेत गरे ।
०६४ सालको निर्वाचनमा एमाओवादीले बुथ क्याप्चर गरी धाँधली गरेर विजय पाएको उल्लेख गर्दै ओलीले एमाओवादीलाई पीपल छेउ झाँगिएको वनमारा झारको संज्ञा दिए भने कांग्रेसलाई फल लाग्न छाडेको धोद्रो परेको थोत्रो वृक्ष भन्न बाँकी राखेनन् ।
निकै आक्रमक शैलीमा प्रस्तुत भएका ओलीले एमाओवादीले क्रान्तिका नाममा युवाहरूलाई लुटेरा बनाएको, हप्ते र फिरौती असुली, रक्तचन्दन र यार्सागुम्बु तस्करी गर्न सिकाएको, भारतसामु लम्पसार पर्दै पाउ समाएको आरोप लगाउँदै एमाओवादीको भण्डाफोरमा उत्रन कार्यकर्तालाई निर्देशन दिए । उनीहरूलाई लुटेरा, अपराधी र जनविरोधी नै हुन् भनेर जनतासामु चिनाउनुपर्छ भन्दै ओलीले थपे, ‘हिजोको प्रचण्डपथ कता हरायो, जनयुद्ध कता गयो भन्दै हामी किन गीत लेख्न र गाउन सक्दैनौं ?’ नयाँ जनवादमा पनि नजाने, पुरानो जनवादमा पनि फर्किन नसक्ने एमाओवादी असली कम्युनिस्ट नै नभएकाले तत्कालै जनताको बहुदलीय जनवादको सिद्धान्तको बाटोमा आउन नसक्ने ओलीले बताए । लुटेरा र अपराधीहरूको जमातले जनतालाई धेरै दिन अलमल्याउन नसक्ने उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा