साझाले तीन महिनामा ह्विलचेयर मैत्री बस सेवा सुरु गर्ने

१ बैशाख २०७०, आईतवार ०७:०२ मा प्रकाशित

काठमाडौं, १ वैशाख । नेपालको यातायात सेवाको इतिहासमा कुनैबेला निकै लोकप्रिय रहेको साझा बसले आज आइतबारबाट व्यावसायिक सेवा सुरु गर्ने भएको छ । बन्द भएको १२ वर्षपछि साझा यातायात सहकारी लिमिटेडको नयाँ व्यवस्थापन र नयाँ अवधारणाका साथ हिजो शनिबारदेखि साझा बस पुनः सञ्चालनमा आएको हो । साझा यातायातको पुल्चोकस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा १५ रुपैयाँको टिकट काटेर मुख्य सचिव लीलामणि पौडेलले साझा बस सेवाको उद्घाटन गरेका थिए भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बसको कन्डक्टर बनेका थिए । सो अवसरमा मुख्य सचिव पौडेलले सार्वजनिक यातायातमा अहिलेसम्म आचरण पालना नभएको भन्दै साझाले यात्रुको अधिकार, सुविधा, सुरक्षाको प्रत्याभूति र आचरणका साथै नमुनाको रूपमा सेवा पु¥याउनुपर्ने बताए । साझा यातायात शुभारम्भ गर्न आफू रत्नपार्कदेखि साझा यातायात चढेर आएको प्रसंग उल्लेख गर्दै उनले लाखौं जनताको आशा र भरोसाको केन्द्र बनेको साझालाई व्यवस्थित, विश्वसनीय र पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने धारणा राखे ।
यसैगरी, कलाकार श्रेष्ठले ‘साझा बसमा जो पनि चढ्दछ…’ बोलको गीत गुनगुनाउँदै साझा बसलाई आमनेपालीको साझा बनाउन राजनीतिक हस्तक्षेपबाट जोगाइनुपर्ने बताए भने कलाकार आचार्यले साझाको अवस्था जस्तो छ देशको अवस्था पनि त्यस्तै रहेको व्यंग्य गर्दै देशले नयाँ वर्षको राम्रो उपहार साझा बस पाएकाले यसलाई सबैको साझा बनाउन सरोकारवालाको सहयोग चाहिने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले नयाँ व्यवस्थापन र नयाँ अवधारणाको साथ साझाले सुरु गरेको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइनुपर्ने बताए ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले साझा यातायातलाई सार्वजनिक यातायातको नमुनाका रूपमा जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता जनाउँदै अपांगताको सेवालाई मध्यनजर गरी साझाले तीन महिनाभित्रै ह्विलचेयर मैत्री बस सेवा सञ्चालन गर्ने घोषणा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको