नेपाली जनसम्पर्क समिति इटलीमा नयाँ नेतृत्व चयन

२१ चैत्र २०६८, मंगलवार १९:२२ मा प्रकाशित

इटाली । नेपाली जनसम्पर्क समिति इटालीको प्रथम अधिवेशन आइतवार राजधानी रोममा सम्पन्न भएको छ । उक्त अधिवेशनले रमेशराज लामिछानेको सभापतित्वमा सर्वसम्मत  कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपसभापतिद्वय राजन चापागाइँ पादेबा भेनिस, जनक पंगेनी रोम, महामन्त्रीमा दौलत कुमार साम्बा रोम, सहमहान्त्री केन्द्र अधिकारी पिसा, कोषाध्यक्ष बोधराज पंगेनी, सहकोषाध्यक्ष श्रीमती शान्ती श्रेष्ठ चुनिएका छन् ।

अधिवेशनले महिला प्रतिनिधि श्रीमती भावा मल्ल र सदस्यहरुमा नुतनराज खनाल, जागेश्वर यादव, विनोद भटृचन, होम रानाभाट, श्रीमती राधिका थापा क्षेत्री, श्रीमती रामकला पन्त, राजेश गुरुङ, विष्णु अर्याल, यज्ञमुर्ति भण्डारी भेनिस, भरत तामाङ मिलान, डेण्डी शेर्पा पिचेनशा, नविन थापा भारेचे, विशाल तामाङ मिलान, जीवन शर्मा, गणेश पुरी चयन गरेको छ । यस्तै कार्यसमिति सल्लाहकार सदस्यहरुमा रामजीवी पन्त, क्षेत्रकुमार श्रेष्ठ, श्रीकृष्ण सुवेदी र सुजन बुढाथोकीलाई मनोनित गरेका थिए ।

नयाँ निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथिको आशनबाट बोल्दै नेपालबाट पाल्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शुभकामना मन्तव्यका साथ बधाई ज्ञापन दिनुभएको थियो । सो अवसरमा नेपाली जनसम्पर्क समिति इटालीको प्रथम अधिवेशन सफलताको कामना गर्दै नेपालको समसामयिक परिस्थितिको जानकारी गराउँदै नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुभएको थियो । केसीले विदेशमा वसेर नेपाली कांग्रेसप्रति माया गर्नु हुने सम्पूर्ण नेपालीहरुप्रति हार्दिक आभार प्रकट गर्दै नेपाली कांग्रेस सदा लोकतन्त्र प्रति प्रतिवद्ध रहेको स्मरण गराउनु भएको थियो । उहाँले नेपाली समुदायको हक हितका लागि बफादार र जिम्मेदार रही आगामी नयाँ कार्यसमितिले कार्य गर्न सुझाव पनि दिनुभएको थियो ।

यसैविचमा विशिष्ट अतिथि तथा नेपाल टुरिजम बोर्ड इटालीका प्रतिनिधि पाउलो नुगारीले नेपाल र इटालीको सम्बन्धको विषयमा चर्चा गर्दै नयाँ कार्यसमितिलाई वधाइ दिनुभएको थियो भने अतिथिहरुमा जनप्रगतिशील मंच इटालीका अध्यक्ष, बाबुराम खतिवडा, एनआरएन इटालीका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सीना, नेपाली रोम समाजका अध्यक्ष देवराज गुरुङ, पिसा इटालीका प्रतिनिधि सुजन वुढाथोकी, भेनिस पादोबाका राजन चापागाई मिलान प्रतिनिधि भरत तामाङ लगायतले नयाँ कार्यसमितिलाई वधाई ज्ञापन गरेका थिए ।

उक्त महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शुशील कोइरालाको शुभकामना सन्देश सुनाइएको थियो भने यसैगरी सभासद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिमलेन्द्र निधि नेपाली दुतावास स्वीट्जरल्याण्ड महामहिम राजदुत शंकर बैरागी, एनआरएन इटालीका अध्यक्ष डा. अनिल भटृराई, उत्तर अमेरिका नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि मृदुला कोइराला, युरोपियन जनसम्पर्क समितिका संयोजक दील गुरुङ, नेपाल तरुण पुर्व महिला उपप्रमुख सीता सापकोट बेलायत जनसम्पर्क समितिका महासचिव शान्त विनोद लामिछाने, नेपाली जनसम्पर्क समितिका जर्मनका अध्यक्ष शरण केसी, जनसम्पर्क समितिका बेल्जियमका अध्यक्ष गंगाधर गौतम लगायतले शुभकामना सन्देश दिएका थिए ।

जनक पंगेनीद्वारा संचालित सो कार्यक्रममा करिब दुइ सय नेपालीको उपस्थिति रहेको थियो भने अधिवेशन अत्यन्तै सौहाद्र्धपूर्ण रहेको नव निर्वाचित सभापति लामिछानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लस-एन्जलस । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस् काउन्टीमा अवस्थित पशुपतिनाथ बुद्ध मन्दिरको व्यवस्थापन, एवम् विभिन्न सांस्कृतिक, धार्मिक कार्यक्रमहरु सम्पन्न

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट