अध्यक्ष रेग्मीको सन्देश भन्छ- ‘अब मंसिरमा निर्वाचन’

१ बैशाख २०७०, आईतवार ०६:४० मा प्रकाशित

काठमाडौं, १ बैशाख । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले नागरिकको मताधिकारको सुनिश्चितता गरेर मात्र निर्वाचन गराउन आफू लागिपरेको बताउनुभएको छ । नयाँ वर्ष २०७० को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै अध्यक्ष रेग्मीले आफू स्वतन्त्र, निष्पक्ष र भरयरहित निर्वाचन गराउन प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट दलहरूलाई चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गर्दै आगामी मंसिरमा संविधानसभाको निर्वाचन गर्ने जनाउ दिनुभएको छ ।
शुभकामना सन्देशमार्फत सरकार आवश्यक तयारी पूरा गरेर मंसिरमा निर्वाचन गर्न लागिपरेको जनाउँदै अध्यक्ष रेग्मीले ‘वर्तमान अवस्थामा आवश्यक तयारी पूरा गरी संविधानतः २०७० साल मंसिरभित्र सम्पन्न गरिनुपर्ने संविधानसभाको निर्वाचनलाई सफल पार्न स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सक्रिय सहयोग र साथ रहनेछ भन्ने अपेक्षाका साथ निर्वाचनमा रचनात्मक भूमिका केन्द्रित गराउन म आह्वान गर्छु,’ भन्नुभएको छ ।
शुभकामना सन्देशमार्फत रेगमीले सुशासन र सुरक्षा दिने आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै जनहितका पक्षमा काम गर्न सरकार लागिपरेको स्मरणसमेत गराउनुभएको छ । गत १ चैतमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रूपमा शपथ ग्रहण गरेका रेग्मी नेतृत्वको सरकारले आज आइतबार महिना दिन पूरा गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।