चुनावको एजेण्डा बेकेर गाउँ छिर्नेलाई मोसो दलेर खुट्टा भाँच्ने चेतावनी

३१ चैत्र २०६९, शनिबार १८:२५ मा प्रकाशित

काठमाडौं, ३१ चैत । आफ्नो पुरानो पार्टीले गरेको निर्णय तथा नेताहरूले गरेको हरेक काम तथा निर्णयप्रति कडा विरोध जनाउँदै आएको नेकपा–माओवादीले खिलराज रेग्मी नेतृत्वको सरकारले गरेका निर्णयविरुद्ध पनि आन्दोलनमा उत्रने तयारी गरिरहेको छ । माओवादीले आन्दोलनका लागि अन्य थुप्रै साना दलसँगको छलफललाई तीव्रता दिएको छ । छलफलमा रेग्मी नेतृत्वको सरकारले गराउने निर्वाचन बहिष्कार गर्नेजस्ता आन्दोलनका कार्यक्रम तय गरिने माओवादीले जनाएको छ ।
माओवादीका नेता देव गुरुङले नयाँ ढङ्गबाट सरकारविरुद्ध आन्दोलन गरिने तयारी भइरहेको बताए । उनले चार दलको सिन्डिकेट तोड्न पनि आन्दोलन अनिवार्य भएको भन्दै पार्टीले सशक्त र कडा आन्दोलन गर्ने तयारी गरिरहेको बताए । ‘आन्दोलनका लागि सबै दलसँग छलफल भरहेको छ,’ उनले भने, ‘छिट्टै देशव्यापी आन्दोलनको कार्यक्रम तय गरी अघि बढिनेछ ।’ आन्दोलनका कार्यक्रममा धर्ना, जुलुस, घेराउ, चक्काजाम, नेपाल बन्द तथा सरकारप्रमुख, मन्त्री तथा विपक्षी दलका नेताहरूलाई गाउँ प्रवेश निषेधसम्मका कार्यक्रम समावेश गरिने बताइएको छ ।
माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीको नेतृत्वमा निर्वाचन बहिष्कार गर्ने भन्दै निर्वाचनको एजेण्डालाई गाउँमा लैजान नदिने बताइरहेका छन् । उनको भनाइ छ, ‘यही अवस्थामा निर्वाचनमा गए सबै दलका नेता तथा कार्यकर्ताको खुट्टा भाँचिनेछ ।’ काभ्रेमा आयोजित एक कार्यक्रममा उनले भनेका छन्, ‘चुनावको एजेण्डा बोकेर गाउँमा आउनेहरूको खुट्टो भाँच्ने मात्र होइन, गाउँ आए मोसो दलेर लखेटिनेछ ।’ ‘संविधानसभा ध्वस्त बनाएर, भारतीय सामन्तवादलाई बुझाउँदै न्यायालयसमेत कब्जा गरेर चार दलले घोषणा गरेको निर्वाचन स्वीकार्य नहुने भएकाले यसको वैधानिक उपाय भनेको जनताद्वारा बहिष्कार हो, हामी बहिष्कार गर्छौं ।’ जनयुद्ध र जनविद्रोह नेकपा–माओवादीका लागि ठूलो नभएको बताउँदै आवश्यक परे बन्दुक बोक्न पनि पछि पर्ने छैनौँ । जनजीविकाको समस्या र सहिदको सपना पूरा गर्न क्रान्ति र बन्दुक आवश्यक रहेको उनको तर्क थियो, ‘स्थिति झन् बिग्रँदै गयो भने त्यो दिन आउन समय लाग्दैन ।’
माओवादी आन्दोलनको अर्को सहयात्री दल नेकपा माओवादीका संयोजक मातृका यादवले पनि आन्दोलन सुरु भइसकेको जानकारी दिए । उनले क्रान्तिकारी पार्टीहरूको एकता सुरु भएकाले छिट्टै त्यसको घोषणा हुने जानकारी दिँदै थपे, ‘अब हुने निर्वाचन जसरी भए पनि हुन दिइने छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न