आगलागीबाट १ सय ३० घर नष्ट

३१ चैत्र २०६९, शनिबार १८:१८ मा प्रकाशित

काठमाडौं, ३१ चैत । दिनप्रतिदिन आगलागीका घटना बढ्दै गएको बेला शनिबार पर्साको धोरे भन्ने स्थानमा भीषण आगलागी भएको छ । उक्त आगलागी बढ्दै गई १ सय ३० घर जलिसकेको र अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ । आगलागीबाट भकारीका धान, धनमाल, बाख्रालगायत जलेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका र रक्सौलबाट पुगेको दमकलले आगलागी नियन्त्रण गर्ने प्रयास जारी छ।
यसैगरी दैलेखमा भएको आगलागीको घटनामा परेर नौमुले ४ का शसि राम्जालीको छोरा र प्रेम बुर्चाकी छोरीको शुक्रवार राती मृत्यु भएको छ। एउटै घरमा बस्दै आएका यी परिवार एक्कासि आगोले घर बल्न थालेपछि खेलीरहेका ४ वर्षिय बलबहादुर राम्जाली र ३ वर्षिया छलि बुर्चाको जलेर मृत्यु भएको दैलेख नौमुले ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक