तत्काल निर्वाचनको मिति तोकिनु पर्नेः डा. महत

३१ चैत्र २०६९, शनिबार १८:०३ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, ३१ चैत । कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले सरकारले निर्वाचनको मिति घोषणा नगर्दा सर्वसाधारण गुमराहमा परेको वताउनुभएको छ । दल तथा नेपाली जनतालाई गुमराहवाट मुक्त गर्न खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारले ढिलो नगरि निर्वाचनको मिति तोक्नु पर्ने डा. महतको भनाई छ । नुवाकोटको क्षेत्र नं. १ मा रहेको जिलिङ गाविस वडा नं. १ पांचखलेमा शनिवार वगरघाट पांचखले भञ्याङ मोटरवाटोको उद्घाटन गर्नु हुदै डा. महतले ढिलो नगरि सरकारले निर्वाचनको मिति तोकेर दल दर्ताको लागी आव्हान गर्नु पर्ने वताउनुभयो । कुल दुई लाख ९० हजार दुइसय ५० रुपैयाको लागतमा ६ किलोमिटर लामो मोटरवाटोको निर्माण सम्पन्न भएको हो । सहमतिवाटै दलहरुले चलाउनु पर्ने सरकार कर्मचारीको हातमा गएकाले केहि असहज भने भएको डा. महतले स्वीकार गर्नुभयो । रेग्मीको नेतृत्वमा गराएको नयाँ निर्वाचन निष्पक्ष र धाँधलीसहित हुने भएका कारण अब नेपाली जनतालाई चुनावको प्रतिक्षा गर्न र दलहरुलाई निर्भिकतापूर्वक मतदानबाट नवीकरण गर्न समेत नेता डा. महतले आग्रह गर्नुभयो ।
देश पहिलो पटक कर्मचारीवाट सञ्चालित भएका कारण नेपाली जनता र दलहरुले पनि निर्वाचन हुनेमा ढुक्क रहेको कारण सरकारले मंसिर भन्दा ढिलो नगरि निर्वाचनको मिति तोक्नु पर्ने डा. महतले वताउनुभयो । यद्यपि, एकीकृत नेकपा माओवादीले विगतमा पटकपटक दल तथा जनताहरुलाई धोका दिएका कारण अब हुने चुनावमा पनि धाँधली गर्न सक्ने भएको हुँदा सबैलाई सचेत रहन डा. महतले आग्रह गर्नुभयो । स्थानीय निकायमासमेत निर्वाचित जन प्रतिनिधि नहुदा विकास निर्माण कार्य प्रभावकारी र पारदर्शि हुन नसकेको स्पष्ट पार्दै डा. महतले अव स्थानीय निकायमा महिला सहभागिता वृद्धि गरेर विकास निर्माणको कार्य गरिनु पर्ने दावी गर्नुभयो । पुष्पकमल दाहाललगायतका माओवादीका नेताहरु रङ्गकर्मि जस्तै भएका कारण वनिसकेको संविधानलाई जातीयताको खाडल वनाएर देशमा संविधान सभाको अवसान गराएको कारण अवको चुनावमा ति दल र नेताहरुलाई नेपाली जनताले अव असली रुप थाहा पाइसकेको कारण हिसाव किताव नेपाली जनताले गर्ने वेला आइसकेको डा. महतले वताउनुभयो । देशमा अझै पनि हिंशाको अवशेषहरु वांकी रहेका कारण देशले गति लिन नसकेको दावी गर्दै डा. महतले पहिले माओवादीले उठाएको ४० वुदे माग आकाश र जमिन जोड्ने जस्तौ प्रवृतिको भएको कारण उनीहरु सरकारमा रहदासमेत ति मागहरु पुरा गर्न नसकेको पूर्व ऊर्जा मन्त्री समेत रहनु भएका डा. महतले वताउनुभयो । यसवाट हिंशा र आतंकको दादागिरी धेरै नटिक्ने पनि डा. महतले वताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तथा जिल्ला सचिव रमेशकुमार महत, महाधिवेशन प्रतिनिधि कृष्णवहादुर लामा, वैकुण्ठ पाण्डे, पुर्व महासमिति सदस्य विष्णुप्रसाद अधिकारी, तरुण दलका जिल्ला अध्यक्ष अर्जुन न्यौपाने, रेडक्रसका केन्द्रीय उपकोषाध्यक्ष विष्णुराज नेपाल, नेपाली कांग्रेस गाउं अध्यक्ष दुर्गाप्रसाद पुडासैनी, नेकपा एमालेका अध्यक्ष भोजप्रसाद पुडासैनीलगायतले विकास निर्माणमा स्थानीय उपभोक्ताको सहभागिताको महत्वका वारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । आज (बिहीबार) दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको