
चन्द्रकान्त खनाल, बुटवल, ३१ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंसिरमा चुनाव गर्नका लागि नयाँ जनगणना अनुसार निर्वाचन क्षेत्रकोे पुनःसंरचना हुनुपर्नेधारणा अघिसारेका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले असारमा चुनाव नहुने अवस्थामा नयाँ जनगणना अनुसार निर्वाचन क्षेत्रकोे पुनःसंरचना गर्ने दलहरुबीच सहमति भएकाले त्यो काम तत्काल शुरु गर्नुपर्नेमा जोड दिए ।
‘असारमा चुनाव हुन्छ भने ठीकै छ भनेर हामी चुप लागेका हौँ, अब मंसिरमा गर्ने हो भने पुनःसंरचना नगरी हामी मान्दैनौँ’, महतोले भने ।
उनले मुलुकको राजनैतिक र संवैधानिक निकासको एक मात्र विकल्प संविधानसभा चुनाव भएकोमा जोड दिँदै मंसिरमा जुनसुकै हालतमा चुनाव हुनुपर्ने बताए । ‘अब कुनै बहाना नबनाई तत्काल चुनावको मिति तोक्नुपर्छ’, महतोले भने– ‘मिति तोकेर निर्वाचन क्षेत्र पुनःसंरचना, नागरिकता वितरण र मतदाता नामावली संकलनलाई निरन्तरता दिनुपर्छ ।’
पुर्वमन्त्री समेत रहेका महतोले नेकपा माओवादीसहितका दलहरुले नचाहंदैमा चुनाव नरोकिने दाबी गरे । सबैको सहमति जुटाएर संविधान बनाउने कुरा सम्भव नहुने भन्दै उनले चुनावी प्रकृयामा गएर नै संविधान बन्ने बन्छ । संघीय प्रदेशको संख्या, नाम र सीमा जनताको माग र चाहना अनुसार परिवर्तन हुने तर्क गर्दै उनले संघीयतामा अल्झिएर वा यसको वहानामा चुनावबाट कोही भाग्न नहुने बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा
काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको
सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग
काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि