औद्योगिक विकासमा ध्यान दिन उद्योगीहरुको आग्रह

३१ चैत्र २०६९, शनिबार १७:३२ मा प्रकाशित

रुपन्देही, ३१ चैत । राजनीतिक स्थायित्वसँगै आर्थिक विषयलाई दलहरुले प्रमुख एजेन्डाका रुपमा राख्न नसक्दा आज मुलुकको औद्योगिक विकास अगाडी बढ्न नसकेको सरोकारवालाहरुले बताएका छन् । बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै बक्ताहरुले आर्थिक तथा औद्योगिक विकासविना राष्ट्रको कुनै पनि विकास अगाडि बढ्न नसक्ने हँदा त्यसमा राज्य र दलहरुको ध्यान पुग्नुपर्ने सुझाव पनि उनीहरुले दिए ।
रुपन्देही उद्योग संघले आयोजना गरेको कार्यालय प्रमुखहरुसंगको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने क्रममा उनीहरुले सो धारणा व्यक्त गरेका हुन् । उनीहरुले स्वाधिन अर्थतन्त्र निमार्णका लागि राष्ट्रिय स्वाधिनताको आन्दोलनमा उद्योगिहरुले पनि जोड दिनु पर्ने बताउदै राजनीतिक स्थायीत्वको अभावमा अर्थतन्त्रले गति लिन नसक्ने अवस्थाप्रति सचेत हुन आग्रह गरेका थिए । उद्योगिहरुले राज्यले औद्योगिक विकास र स्वदेशमै उत्पादन बृद्धिका लागि आवश्यक कानुनको निमार्ण गरि त्यसलाई व्यवहारमा उतार्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै रुपन्हेदीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण खनालले नेपालमा उत्पादनमुलक उद्योगको स्थापना र ती उद्योगहरुको संरक्षणको नीति आजको आवश्यक्ता भएको जिकिर गर्नु  भयो । उहाले नेपालमा उद्योग सञ्चालन चुनौतिपूर्ण रहेको बताउदै नीजि क्षेत्रको लगानीको सुरक्षामा ध्यान दिनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले नेपालमा औद्योगिक ऐन आम उद्योगिहरुको पक्षमा नरहेको गुनासो गर्दै राज्यले आफुहरुको माग अनुसार उद्योग स्थापनाका लागि जग्गा उपलब्ध गराउन नसकेको धारणा राख्नु भयो । संघका अध्यक्ष तेजकुमार पाठकले संघले उद्योगिहरुको हकहितका लागि मात्र नभएर सामाजिक विषयहरुमा पनि काम गर्दै आएको जानकारी गराउनु भयो ।
संघका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता, प्रथम उपाध्यक्ष बोनिन पियाको स्वागत तथा महासचिव गणेश अधिकारीको संचालनमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष डम्वरदेव अर्याल, स्थानिय विकास अधिकारी पेशलकुमार पोखरेल, एससपी मिङमार लामा, दिनेशराज रेग्मी लगायत बोल्नु भएको थियो । कार्यक्रममा रुपन्देहीका सरकारी कार्यालयका प्रमुख एवं उद्योगिहरुको उपस्थिति रहेको थियो ।
– चन्द्रकान्त  खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।