क्यालिफोर्नियामा स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्‍मृति सभा सम्पन्न

२१ चैत्र २०६८, मंगलवार १९:१८ मा प्रकाशित

क्यालिफोर्निया । नेपाली जन संपर्क समिति क्यालिफोर्नियाको आयोजनामा नेपाली काँग्रेसका शिखर नेता तथा पूर्व प्रधान मन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्वर्गारोहणको दोश्रो वर्षको अवसरमा एक स्‍मृति सभाको आयोजना गरियो। नेपाली जन संपर्क समिति क्यालिफोर्नियाका अध्यक्ष ज्ञानदिप लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रम जन संपर्क समितिका जुझारु युवा नेता चन्द्र धितालले भावपुर्ण शैलीमा सन्चालन गर्नु भएको थियो। सर्व प्रथम स्वर्गिय कोइरालाको तस्बिरमा माल्यार्पण तथा पुष्प अर्पण गर्दै उपस्थित व्यक्तिहरूले दिबङत नेताप्रती भावपुर्ण श्रद्दान्जली व्यक्त गरेका थिए।

प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाली काङ्रेस आछामका पूर्व सभापति पदम रावलले स्वर्गिय कोइरालाको अविस्मरणिय योगदान नेपालिहरूको सन्तान दर् सन्तानले सदैव आदरपुर्णरुपमा स्मरण गरिरहने बताउँदै स्वर्गिय नेताको पद चिन्हमा हिंड्न पर्नेमा जोड दिनु भयो। बिशेष अतिथिको आशनबाट एन ए एन सी अध्यक्ष घन प्रसाद दबाडीले २०४६ सालको आन्दोलन पछिको बिजय सभामा स्वर्गिय कोइरालाले व्यक्त गरेको कुराले आफू सदा प्रभावित भैरहने बताउनु भयो। उहाँले भन्नु भयो, नेता कोइरालाले ” प्रजातन्त्रमा सबैको जीत हुने र आज सम्पुर्ण राजनैतिक दल लगायत राजाको जित भएको छ” भन्नु हुँदा, उहाँको बिरुद्द हुटिभएको थियो। राजाले उहाँको यो दूरदर्शितापुर्ण ध्रुव सत्यतालाई मनन गरेर नचल्दा आज दुई सय बर्ष लामो शाहबंशको राजतन्त्र समाप्त भएको छ। स्वर्गिय कोइराला नेपाली काङ्रेसको मात्र नभएर राष्ट्रकै निधी हुनुहुन्थ्यो।

सो स्‍मृति सभामा नेपाल विश्व सहयोग संघका सस्थापक तथा अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपालि पनेरुले, प्रजतन्त्र र मानव अधिकारको तिर्थस्थल अमेरिकामा बसेर प्रजातन्त्रको मर्मलाई बुझेर चलेमा मात्र स्वर्गिय गिरिजा प्रसाद कोइरालालाई सच्चा श्रद्दन्जली हुने बताउनु भयो। तामाङ् कोअपरेशन सोसाइटिका सस्थापक उपाधक्ष कुमार दोङ्ले स्वर्गिय गिरिजा प्रसाद कोइराला नेपालि कङ्रेसका सर्वाधिक महत्वपुर्ण व्यक्तित्व भएको र देशको शान्ति र प्रगतिको लागी गरेको त्यागको सबैको लागि प्रेरणाको श्रोत भै रहने बताउनु भयो।

एन ए एन सी का पूर्व अधक्ष्य तथा एन ए एन सी सल्लाहकार यान राई, नेपालि जनसम्पर्क समिती क्यालिफोर्नियाका प्रथम उपाधक्ष हरि ढकाल,प्रखर युवा व्यक्तिव प्रकाश बस्नेत लगायतले स्वर्गिय कोइरालाको योगदान बारे आ आफ्ना धारणाहरू राख्दै स्वर्गिय कोइरालाले देशलाई नर संहारको कठिन परिस्थितीबाट बचाइ शान्ति र प्रगति पथमा लान गरेको योगदानलाई कुनै पनि नेपालिले भुल्न नहुने र सदैव धन्यबादी हुन पर्ने कुरा बक्तहारुले बताएका थिए।

अन्तमा सभाका सभापति तथा नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष ज्ञानदिप लामाले स्वर्गिय गिरिजा प्रसाद कोइरालाको महत्व अहिले उहाँको अभावमा भैरहेको र आज उनैले देखाएको बाटोमा देश हिंड्न पर्ने र त्यसैमा नै सबैको भलो हुने बताउनु भयो। सभापति लामाले अत्यन्त छोटो सूचनाको बाबुजुद आफ्नो अ मुल्य समय दिएर कार्यक्रम सफल बनाएकोमा हार्दिक धन्यवाद दिंदै सभा बिसर्जन गर्नु भयो।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी