एमालेको गाउँ कमिटि भवन ७६ लाखको

३१ चैत्र २०६९, शनिबार ०६:५५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ चैत । नेकपा एमाले रुपन्देही जिल्लाको शंकरनगर गाविस ईकाई कार्यालय भबनको सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार उदघाटन  गरेका छन् । ७६ लाख  रुपैयाँको लागतमा निर्मित डेढ तले सो भबन चन्दा संकलनबाट निर्माण गरिएको एमाले गाउँ समितिका अध्यक्ष बासु घिमिरेले बताए ।
भवन उदघाटनका अवसरमा नेता नेपालले अहिलेको अबस्थामा निर्वाचन जरुरी भएको भन्दै सबै नेता–कार्यकर्तालाई चुनाबमा लाग्न निर्देशन दिए । कार्यक्रममा एमाले सचिव बिष्णु पौडेल, केन्द्रीय सदस्य घनश्याम भुसाल, केन्द्रीय सदस्य राधा ज्ञावाली, रुपन्देही जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, वासु घिमिरेलगायतले सम्बोधन गरेका थिए ।
यसैबीच, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान यायधिश पदबाट राजिनामा दिए सडकमा उत्रेको नेकपा माओबादीसहित चुनावको विपक्षमा रहेका राजनैतिक दलहरु विच सहमति हुन सक्ने नेकपा एमाले नेता प्रदिप ज्ञवालीले बताएका छन् । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संघठन गुल्मीको जिल्ला सम्मेलन उद्घाटन गर्न गुल्मी आएका नेता ज्ञवालीले तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
‘नेकपा–माओवादी जस्ता ठुला दललाई बाहिर राखेर चुनाव गराउन अस्मभव छ’ भन्दै उनले विपक्षी दलहरुलाई सहमतिमा ल्याउन हदैसम्मको लचकता अपनाउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट