भाञ्जीलाई बलात्कार गर्न खोज्नेले प्रहरी हिरासतमै गरे आत्महत्या

३१ चैत्र २०६९, शनिबार ०६:३३ मा प्रकाशित

काठमाडौं, ३१ चैत । विद्यार्थी भिसामा विदेश जाने विद्यार्थीहरुबाट रकम लिइ एसएलसीको मार्कसिट, एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट र क्यारेक्टर सर्टिफिकेटलगायतका नक्कली कागजात बनाउने धन्दा गर्दै आएका काठमाडौं जोरपाटीका अन्जन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गोकर्णबाट पक्राउ गरेका पौडेल काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला अदालतले पौडेललाई २०६४ वैशाख १७ गते फैसला सुनाउँदै दोषी ठहर गर्दै एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना गरेको थियो। उक्त फैसलापछि उनी फरार भएका थिए।
यसैगरी, चिठी पठाई तथा फोनमार्फत् धाकधम्की दिँदै रकम असुल्ने तीनजनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं ईचंगुनारायण–९ बस्ने गोरखा जिल्ला भुम्लीचौर–६ घर भएका १९ बर्षीय मिलन श्रेष्ठ, काठमाडौँ महानगरपालिका–२९ म्हेपी बस्ने काभ्रे जिल्ला देउपुर–९ घर भएका ३१ बर्षीय रामचन्द्र थापा र गोंगबु–८ महादेवटार बस्ने नुवाकोट जिल्ला थानसिंह–८ घर भएका २४ बर्षीय कृष्णप्रसाद भण्डारी रहेका छन् ।
उनीहरुले काठमाडौँ ईचंगुनारायण बस्ने ३९ बर्षीय छिरिङ फुन्चो लामालाई चिठी तथा फोनमार्फत् विभिन्न धाकधम्की दिई ५० लाख रुपैयाँ माग गरेका थिए । माग गरेको रकम नदिएमा निजको घरमा बम बिष्फोटन गर्ने, घर परिवारका सदस्यलाई अपहरण गर्ने र ज्यान मार्ने भनी धम्काउने गरेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले उनीहरुलाई चैत २७ गते काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट धम्काउन लेखिएको पत्रहरुसहित पक्राउ गरेको थियो ।
उता जवरजस्ती बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ परेका सर्लाही ढुंग्रेखोला–२ का ४४ बर्षीय बाबुलाल घिसिङले प्रहरी हिरासत कक्षमै झुन्डिएर आत्महत्या गरेका छन् । आफ्नै २५ बर्षीया भान्जीलाई बलात्कार गर्न खोजेको अभियोगमा बाबुलाललाई प्रहरीले पक्राउ गरेको थियो । भाञ्जीको उजुरीका आधारमा पक्राउ परेका बाबुलाललाई ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखिएकोमा हिरासत कक्षभित्र रहेको तन्ना च्याती डोरी बनाएर झ्यालको ग्रिलमा झुन्डिई घिसिङले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस