मदिरा सेवन गरी नयाँवर्ष मनाउनेहरु होशियार !

३१ चैत्र २०६९, शनिबार ०६:११ मा प्रकाशित

काठमाडौ, ३१ चैत । नयाँ बर्ष मनाउने नाममा बिहानैदेखि दिनभर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै प्रहरीले नयाँ बर्षको अघिल्लो दिन आज शनिबार र भोली १ गते आईतबार बिहानैदेखि दिनभर मापसे जाँच गर्ने भएको छ । सवारी दुर्घटना नियन्त्रण गर्नका लागि यस्तो निर्णय लिइएको बताइएको छ । यो कदमले नयाँ बर्षलाई दुर्घटनारहित बनाउन सघाउ पुग्ने प्रहरीको बुझाई छ ।
नयाँ बर्ष भनेर सवारी साधन चल्नै नदिने गरि सडक ढाकेर हिड्ने सर्वसाधारणलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने भएको छ । मोटरसाईकलमा हेलमेट नलगाई, सिटबेल्ट नबाँधी सवारी चलाउनेलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिने छ । ट्राफिक प्रहको कार्ययोजना अनुसार बढि दुर्घटना हुने जोखिमपुर्ण स्थान पहिचान गरी सुरक्षा परिचालन गरिने जनाइएको छ ।
शुक्रबारको निर्णयअनुसार उपत्यकाका ६५ स्थानमा ट्राफिक प्रहरी अधिकृतको नेतृत्वमा बिशेष चेक प्वाईन्ट राखिनेछ भने आज शनिबार बिहानैदेखि १६ वटा ट्राफिक मोबाइल गाडीले गस्ती गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा