टुंगियो शान्तिप्रक्रिया

३१ चैत्र २०६९, शनिबार ०५:५५ मा प्रकाशित

काठमाडौं, ३१ चैत । तत्कालिन माओवादी र सरकारबीच २०६३ म‌ंसिर ५ गते बृहत शान्ति सम्झौता भएपछि सुरु भएको शान्तिप्रकियाको टुंगिएको छ । माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनस्र्थापनासम्बन्धी विशेष समितिेको शुक्रबार बसेको अन्तिम बैठकले शान्ति प्रक्रिया टुंगिएको जनाएको हो । समितिले सेनाको तालिम छाडेर जान चाहने एक अधिकृतसहित ४७  पूर्व लडाकु लाई दुईलाख ५५ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । हाल करिब १४ सय एमाओवादी  पूर्व लडाकु नेपाली सेनामा समायोजन हुनका लागि तालिमरत छन् । समायोजन प्रक्रियाका कुनै काममा जटिलता उत्पन्न भए समन्वयनका लागि बालानन्द शर्मालाई संयोजकको रुपमा निरन्तरता दिने निर्णय समिति बैठकले गरेको छ । समितिको म्याद आज शनिबार समाप्त भएको हो । समितिको संयोजक प्रधानमन्त्री हुने व्यबस्था भएअनुसार शुक्रबारको बैठकको अध्यक्षता निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री