जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ विवाद, बाल्टीमोरको नेपाली समुदाय विभाजित

३१ चैत्र २०६९, शनिबार ०२:१८ मा प्रकाशित

बाल्टिमोर, अमेरिका, ३१ चैत । “जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ विवाद र कलह” हिजो आज संसार भरिका नेपाली संघ संस्था र समुदायमा देखिदै आएको प्रबृत्ति  अमेरिकाको बाल्टिमोरस्थित एशोसियसन अफ नेपलिज इन अमेरिका बानामा समेत  देखिएको छ जसको कारण  बाल्टीमोरको नेपाली समुदाय बीच कुनै पनि बेला अप्रिय घटना घट्न सक्ने अवस्था सिर्जना भएको छ  । बानाको भर्खरै सम्पन्न एक पछीय अधिबेशनले निर्वाचित गरेको भनिएको पधाधिकारीहरु समेत आफुहरु उक्त संस्थाबाट अलग भएको घोषणा गर्न थालेका छन् । यसै क्रममा गत महिना सम्पन्न भएको भनिएको निर्वाचन बाट निर्वाचित वरिष्ठ उपाध्यक्ष केमिका भण्डारी र सदस्य मुकुन्द अधिकारीले एक बिज्ञप्ति जारी गरि संस्था बाट आफुहरु अलग रहेको रहेको घोषणा गरेका छन् । यसै गरि स्थानीय समाजका अधिकांश संघ, संस्थाले मार्च २४ को निर्वाचन पछिको परिस्थितिका कारण बानाको अहिलेको एक समूहको नेतृत्वलाई कुनै सामाजिक र नैतिक मान्यता नदिने भनेपछि बानाको औचित्य नै नरहेको टिप्पणी पनि बाल्टिमोरमा चल्न थालेको छ । सबैले छाडेपछि, स्थानीय संघ, संगठनको साथ नपाएपछि अब बाना के रहेछ र कसका लागि रहेछ भन्ने सबै प्रष्ट भयो, एक सदस्यले भने । यसैबीच अहिलेको समूहले सिंगो समाजको भावनाको प्रतिनिधित्व गर्न नसकेको ठहर गर्दै निर्विरोध निर्वाचित भएकी बानाकी वरिष्ठ उपाध्यक्ष केमिका भण्डारी र चुनावी प्रक्रियाप्रति पूर्ण असहमति जनाउँदै कहीं, कतै सहभागी नभएका तर निर्वाचित घोषित कार्यकारी सदस्य मुकुन्द अधिकारीले बानाको अहिलेको कथित नेतृत्वप्रति गम्भीर विमति रहेको भन्दै आफूहरुले यस्तो समूहको नेतृत्वलाई कुनै सहयोग नगर्ने प्रष्ट पारेका छन् । भण्डारी र अधिकारीले एक संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै भनेका छन्, समाजका सबै पक्ष नसमेटिएको निर्वाचनबाट आएको भनिएको समूहले सिंगो नेपाली समाजको भावना र एकताको प्रतिनिधित्व गर्न सक्दैन । त्यही भनिएको निर्वाचनले उत्पन्न गरेको परिस्थितिले सिर्जना गरेको सामाजिक एकता भड्किएको आजको अवस्थामा त्यही समूहको नेतृत्वमा हामी रहिरहनुको कुनै औचित्य देखेनौं ।  सिंगो समाजलाई एकातिर छोडेर भएको कथित निर्वाचनले बाल्टिमोरको स्थानीय तहबाट कुनै नैतिक, सामाजिक र वैधानिक मान्यता प्राप्त गर्न नसकिरहेको अवस्थामा त्यस्तो समूहभित्र बसिरहनु नैतिक दृष्टिले पनि उचित रहेन ।
उनीहरुले नेपाली समुदायको बृहत्तर हितका लागि सधैं अग्रपंक्तिमा रही क्रियाशील भईरहने प्रतिवद्धता पनि यसै विज्ञप्तीमार्फत् जाहेर गर्दछौं भनेका छन् ।

भण्डारी र अधिकारीले जारी गरेको विज्ञप्तीको पूर्ण विवरण :

बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को मार्च २४ मा भएको भनिएको निर्वाचनले बाल्टिमोरको सम्पूर्ण नेपाली समाजको सिंगो प्रतिनिधित्व गर्न नसकेको तथ्य जगजाहेर नै छ ।

नेपाली समाजको बृहत्तर एवं समग्र हितका लागि बानाले समाजका सबै संघ, संगठन, समुदाय र यहाँ रहेका अधिकाँश नेपालीहरुलाई समेट्नुपर्नेमा त्यसो हुन नसकिरहेको यथार्थ विद्यमान छ ।

यस्तो परिस्थितिबाट अगाडि बढ्न खोजेको र समाजका सबै पक्ष नसमेटिएको निर्वाचनबाट आएको भनिएको समूहले सिंगो नेपाली समाजको भावना र एकताको प्रतिनिधित्व गर्न सक्दैन ।

त्यही भनिएको निर्वाचनले उत्पन्न गरेको परिस्थितिले सिर्जना गरेको सामाजिक एकता भड्किएको आजको अवस्थामा त्यही समूहको नेतृत्वमा हामी रहिरहनुको कुनै औचित्य देखेनौं ।

सिंगो समाजलाई एकातिर छोडेर भएको कथित निर्वाचनले बाल्टिमोरको स्थानीय तहबाट कुनै नैतिक, सामाजिक र वैधानिक मान्यता प्राप्त गर्न नसकिरहेको अवस्थामा त्यस्तो समूहभित्र बसिरहनु नैतिक दृष्टिले पनि उचित रहेन ।

यस परिस्थितिमा बाल्टिमोरमा रहेका नेपालीहरुको बृहत एकता र सद्भाव कायमै राख्दै सबैलाई समेट्न सक्ने वातावरण निर्माण गर्नका लागि सम्बन्धित सबैबाट आवश्यक पहल होस् भन्ने आशय सहित वर्तमान नेतृत्व समूहबाट हामी दुईले आफूहरुलाई अलग राख्ने निर्णय गरेको यसै विज्ञप्तीमार्फत् सबैलाई जानकारी गराउँदछौं ।

हामी यसपटकको निर्वाचनको कथित नौटंकीमा शुरुदेखि नै असहमत रही आएको यहाँ स्मरण गर्नु उचित ठानेका छौं । यद्यपि उम्मेदवारी मनोनयनदेखि आजका मितिसम्म हामीलाई नेतृत्वका लागि सहयोग गर्नुहुने आम बाल्टिमोरवासी नेपालीहरु र सम्बन्धित सबै संघ, संस्थाप्रति हामी सधैं कृतज्ञ रहनेछौं ।

तर प्रक्रियागत त्रुटी नसच्याई नौटंकीको रुपमा भएको कथित निर्वाचनप्रति हाम्रो कुनै संलग्नता र सहभागिता नरहेको पुनः प्रष्ट पार्दै त्यस्तो समूहको नेतृत्वमा हाम्रो नाम रहिरहनुको समेत औचित्य देखेनौं ।

समाजको बृहत्तर हित र एकताका लागि स्थानीय सबै नेपाली संघ, संस्थाको आग्रहलाई समेत मध्यनजर गर्दै हामीले यो निर्णय गरेका हौं । हामी नेपाली समुदायको बृहत्तर हितका लागि सधैं अग्रपंक्तिमा रही क्रियाशील भईरहने प्रतिवद्धता पनि यसै विज्ञप्तीमार्फत् जाहेर गर्दछौं ।
भवदीय
केमिका भण्डारी
वरिष्ठ उपाध्यक्ष,
बाना (निर्विरोध)
मुकुन्द अधिकारी
कार्यकारी सदस्य,
बाना(निर्वाचित)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको