प्रथम ककनी महोत्सव सुरु

३१ चैत्र २०६९, शनिबार ०१:४८ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, ३१ चैत । नुवाकोटको प्रमुख पर्यटकिय ककनीमा प्रथम ककनी महोत्सव सुरु भएको छ । पर्यटकिय महत्व बोकेको ‘ककनीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, स्थानीय कला संस्कृति र उत्पादनले ककनीको पहिचान बढाऔं’ भन्ने नाराका साथ विहीबारदेखि ककनी महोत्सव सुरु भएको हो । महोत्सवको आयोजना बलामी फिल्म इन्टरटेनमेन्टले गरेको हो । महोत्सवको पहिलो दिन करिब ५ हजारले अवलोकल गरेको आयोजकले दावी गरेको छ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन एकिकृत नेकपा माओवादीका महासचिव तथा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै महासचिव बोगटीले ककनी क्षेत्र नेपालकै गतिलो पर्यटकिय गन्तव्य रहेकोले यसको छुट्टै महत्वलाई संरक्षण र व्यापक बनाउनुपर्ने धारणा राख्नुभयो । ‘ककनी हरेक दृष्टिकोणले सुन्दर र महत्वपूर्ण छ, महासचिव बोगटीले भन्नुभयो, हाम्रो कला र संस्कृतिले नेपाल कति धनि छ भन्ने दर्शाउन विश्व मानचित्रमा यसको पृथक पहिचानलाई प्रदर्शन गर्ने थलो हो ।’ककनी डाँडोमा उत्पादन हुने मुला, स्ट्रबेरी, च्याउ, जापानिज रेन्वो ट्राउटमाछालगायतका उत्पादनका साथै स्थानीय संस्कृति महोत्सवमा आकर्षणका विषय रहेको महोत्सव व्यवस्थापन समितिका संयोजक समीर बलामीले जानकारी दिनुुभयो । पर्यटकिय तथा ऐतिहासिक महत्व रहेको ककनी महोत्सवमा विभिन्न वस्तुका ९० भन्दा बढी स्टल रहेका छन् । नुवाकोटको प्रमुख पर्यटकिय क्षेत्र ककनी काठमाडौंबाट २० किलोमिटर दूरीमा रहेको यो स्थान समुद्री सतहबाट दुईहजार दुई सय मिटरको उचाइमा रहेको छ । संयोजक वलामीले महोत्सवका अवसरमा सो क्षेत्रमा जाने सार्वजनिक यातायातका साधनमा यात्रुहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । महोत्सवमा ककनीबाट काठमाडौँ उपत्यका, नौ तले धरहरा, पशुपतिनाथ, धादिङ, नुवाकोट दरबार, गणेश हिमाल, शिवपुरी निकुञ्जलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि दुरविनको व्यवस्था गरिएको छ । यसका साथै हेलिकप्टरबाट गोसाइकुण्ड र अन्य धार्मिक तथा एतिहासिक स्थानको अवलोकन र भ्रमणकोसमेत व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही