मापसेविरोधि प्रहरी निरिक्षकको सम्मान र बिदाई

३० चैत्र २०६९, शुक्रबार ०८:३४ मा प्रकाशित

चन्द्रकान्त  खनाल, रुपन्देही,  ३० चैत । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक रामेश्वर कार्कीलाई सम्मान तथा बिदाई गरिएको छ । कार्कीलाई खुद्रा किराना ब्यबसायी संघ बुटवलले बिहिबार एक कार्यक्रमको आयोजना गरि सम्मान तथा बिदाइ गरेको हो । करिब १७ महिना देखि बुटवलमा रहेर कार्कीले मादक पदार्थ सेवनबिरुद्धको अभियान संचालन गरेको उच्च मुल्यांकन गर्दै ब्यबसायिले माला तथा प्रशंसापत्रले सम्मान गरेका हुन् ।
सम्मान पछि बोल्दै प्रहरी निरिक्षक कार्कीले बुटवललाई सुधार्ने आफ्नो कर्तब्य तथा दायित्व भएको स्मरण गर्दै अभियानका क्रममा आफूले धेरै समस्याहरु झेलेको बताउनुभयो ।उहाले अबको सभ्य समाज निर्माणका लागि सबैले मापसे र लागु औषध बिरुद्धको अभियान संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्कीले आप्नो नेतृत्वमा भएको मापसे अभियान संचालन पछि छोटो समयमा नै मापसेकै कारण हुने दुर्घटनामा कमि आएको बताउनुभयो । उहाले आब २०६७-२०६८ मा ७८ जनाको ज्यान गएको भन्दै २०६८-२०६९ को मंसिरमा ५८ जनाको ज्यान गएको र चैत्रको अन्तिम साता सम्ममा त्यो संख्या २५ मा झरेको स्पस्ट पार्नुभयो । उहाले अधिकांश सवारी दुर्घटना मापसेकै कारण हुने गरेको बताउनुभयो ।
काठमाडौं सरुवा हुनुभएका कार्कीले बुटवलका प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्ने भन्दै दीर्घकालिन प्रतिकूल असर जोगाउनका लागि तिनाउ नदी दोहन रोक्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा बोल्दै रुपन्देही ब्यापार संघका अध्यक्ष टंक प्रसाद पोखरेलले मापसे बिरुद्धको अभियानले प्रहरीको शाख उच्च बनाएको बताउनुभयो । उहांले अप्ठ्यारो परिस्थितीका बिचमा गरिएको अभियानको स्रहाना गर्नुभयो । पत्रकार महासंघ रुपन्देहीका सभापति दिपक ज्ञवालीले मापसेबिरुद्धको अभियान संचालनले सबै क्षेत्रमा फाईदा पुगेको चर्चा गर्दै घरेलु हिंसा रोक्न अभियान सफल भएको बताउनुभयो ।
सुरक्षित यात्रा अभियानका संयोजक दिनेश पाण्डेले अनुकरणीय कार्यको प्रशंसा गर्दै निरन्तरताको कामना गर्नुभयो । संघका अध्यक्ष लक्ष्मण प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार टीकाराम गैरे,उपाध्यक्ष कमला गौतम,ज्ञानराज न्यौपाने लगायतले बोल्दै अभियानलाई संकल्पका साथमा अगाडि बढाउन कार्कीलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज (बिहीबार) बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम आइसकेको छ