नेपाल प्रवासी तामाङ समाज कतारको सातौँ भेला सम्पन्न

२१ चैत्र २०६८, मंगलवार १९:१६ मा प्रकाशित

श्याम कुमार ग्लान तामाङ, दोहा।  नेपाल प्रवासी तामाङ समाज कतारको सातौँ वार्षिक भेला सम्पन्न भएको छ । प्रवासमा रहेर पनि भाषा, धर्म, साँस्कृति र रितिरिवाजको संरक्षण, सम्बर्धन र विकासको लागि निरन्तर लागि परिरहेका सक्रिय नेपाल प्रवासी तामाङ समाज कतारले “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण” भन्ने मुल नाराका साथ दोहाको न्यूस्टार रेष्टुरेन्टमा समाजका अध्यक्ष शंखलाल तामाङको सभापतित्वमा भएको सातौ वार्षिक भेलामा संस्थापक केन्द्रिय सदस्य श्याम कुमार ग्लान तामाङले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य राखेका थिए ।

प्रथम उपाध्यक्ष कुमार मोक्तान तामाङ सदस्य नेत्र तामाङ र तिर्थ तामाङले डम्फु बजाएर लोक तामाङ गीतद्धारा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

संस्थाका महासचिव माईला तामाङले समाजले गरेको कार्यहरुको वार्षिक सांगठनिक प्रतिवेदन पढेर जानकारी गराएका थिए भने सह–कोषाध्यक्ष राज कुमार तामाङले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समाजको मुल नारालाई प्रष्टाउँदै आफ्नो मन्तव्यमा सल्लाहकार तथा विदेश विभाग प्रमुख विनेश कुमार तामाङले तामाङ जातीहरु अन्य कार्यहरुमा जस्तै शैक्षिक तथा सांगठनिक गतिविधिहरुमा पनि अग्रसर हुनुपर्ने कुरामा जोड दिए ।

त्यसैगरी २८४८ औँ सोनाम ल्होछारमा आ–आफ्नो तर्फवाट सक्दो योगदान पुर्याउनु हुने सम्पूर्ण कलाकारहरुका साथै साहित्यकर्मीलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

संस्थाका प्रमुख सल्लाहकार सुक बहादुर तामाङले संस्थाको स्थापनाकाल देखि अहिले सम्म आउन के कस्ता कठिनाई सँग जुध्नु परेको थियो भन्ने विगतका दिनहरुको सम्झना गराएका थिए ।

आगामी दिनमा कार्यसमिति र सम्पूर्ण सदस्यहरुले आ आफ्नै भूमिका र दायित्वको बारेमा आफै चेतनशिल हुन पनि आग्रह गरिएको थियो । तामाङ जातीले अबका दिनमा आर्थिक तथा शैक्षिक मान नर्भ राजनितिक रुपमा पनि अगाडी बढनु पर्ने र राजनितिक जागरण पनि ल्याउनु पर्ने बिचार सल्लाहकार आशमान तामाङको थियो । लामा गुरु थर्चा लामा साँस्कृतिक विभागका विनोद लामा, महिला विभाग प्रमुख मिना तामाङले पनि आ आफ्नो मन्तब्य राखेका थिए ।

आफ्नो प्रवासको बसाई टुंग्याउदै नेपाल फर्कदै गरेका संस्थाका केन्द्रिय सदस्य सञ्जय वाईबा तामाङलाई उनले समाज प्रति गरेको निस्वार्थ योगदानको कदर गर्दे कदरपत्र साथै खादा ओढाइ सम्मान तथा विदाइ गरिएको थियो ।
कार्य समितिमा तीन जना पदहरु रिक्त रहेकोले वार्षिक भेलाकै औपचारिक कार्यक्रमको अवसर पारेर संस्थामा चार जना सदस्यहरु मनोनित गरिएको छ । मनोनित सदस्यहरुमा तिर्थ तामाङ, बतास तामाङ, मोहन तामाङ र टेक बहादुर तामाङ रहेका छन् ।

मनोनित सदस्यहरुलाई अध्यक्ष शंखलाल तामाङ सपथ ग्रशण गराएको थियो । बैदेशिक रोजगारीको सिलसिलमा रहेर पनि हामीले हाम्रो पहिचान, कला साँस्कृति, धर्म र रितीरिवाजलाई कहिले विर्सन नहुने धारण ब्यक्त गरेका थिए । साथै अन्य कार्यहरुमा यसरी सक्रिया रहँदै आएकोमा सम्पूर्ण समाजका पदाधिकारीहरु लगायत दोहामा रहेका तामाङ दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिंदै आउँदो दिनहरुमा पनि यसैगरी सक्रिय भइर समाजमा लाग्नु पर्ने बताए । कार्यक्रम सञ्चालन संस्थाका सचिव सुशिल स्याङतान तामाङले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष