विस्केट जात्राको रथले मानिस मारेपछि…

३० चैत्र २०६९, शुक्रबार ०६:५० मा प्रकाशित

रासस, भक्तपुर, ३० चैत । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा मनाइने विस्केट जात्राको अवसरमा सिंगो भक्तपुर जात्रामा रमाइरहँदा भक्तपुरका रुकेश शिलाकार र धिरेन्द्र शिल्पकारको परिवार भने शोकमा डुबेको छ।
भक्तपुरको पाँचतले मन्दिर अगाडि तौमढीबाट भैरवको रथ तान्ने क्रममा गएराति भक्तपुर नगरपालिका(१६ तेखाचोका १७ वर्षका सिलाकार र वडा नं। २ जेँलाटोलका शिल्पकारको रथको पाङ्ग्राले किचेर ज्यान गएपछि उनीहरूको परिवार यतिखेर शोकमा डुबेको छ।
सिलाकारकी आमा चन्द्रकेशरी सिलाकार खाजा खाएर अपराह्न ४ बजे घरबाट जात्रा हेर्न गएको छोरा रथले किचेर ज्यान गएको खबर आफूले राति नौ बजेमात्र थाहा पाएको बताए। तीन छोरामध्ये कान्छो छोरा सिलाकारले काठको काम गर्दै परिवारलाई सहयोग गर्दै आएका थिए । उनको घरमा आमा, दुई दाजुभाइ, तीन दिदीबहिनी र आफन्त शोकमा डुबेका छन् भने मृतक छोराको शव परीक्षण नगरी दाहसंस्कार गर्न खोज्दा पनि शव नदिइएको आमा सिलाकारले बताए।
घटनाका प्रत्यक्षदर्शी विष्णुहरि सिलाकारले रथ तल र माथि लैजान आ(आफ्नो टोलका बासिन्दाले रथ तान्नेक्रममा सिलाकार रथको दुईवटा चक्काको बीचमा बसेर अगाडिको चक्कालाई ठेल्नेक्रममा चिप्लिएर लडेलगत्तै गुडिरहेको रथको पाङ्ग्राले कुल्चिएर अगाडि बढेपछि ज्यान गएको बताए।
धिरेन्द्र शिल्पकारको परिवार पनि यतिखेर शोकमा डुबेको छ। काठको काम गरेर परिवार पाल्दै आएका धिरेन्द्र रथबाट खसेर रथका पाङ्ग्राले कुल्चिएर ज्यान गएपछि तीन वर्षको छोरा र चारवर्ष अघिमात्रै बिहे गरेकी श्रीमतीसमेत शोकमा डुबेका छन्। घटनामा परेर १३ जना घाइते भएका थिए।
घटनाका बारेमा सत्यतथ्य छानबिन गर्न आजै महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआइजी विश्वराजसिंह शाहीको नेतृत्वमा अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विजयलाल कायस्थसहितको टोली महानगरीय प्रहरी परिसर भक्तपुरमा पुगेर छानबिन सुरु गरेको छ।
टोलीले छानबिनका क्रममा स्थानीय क्लब तथा सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रशासक र भक्तपुरका प्रहरी उपरीक्षक एवम् नायब प्रहरी उपरीक्षकसँग घटनाका बारेमा जानकारी लिएका थिए।
त्यसक्रममा जात्रामा सहयोग पुर्‍याउने स्थानीय श्रीभक्त ब्याडमिन्टन क्लबका अध्यक्ष श्रीभक्त कासिछ्वाले राति रथ तान्दा मादक पदार्थ सेवन गर्ने प्रवृत्ति रहेको र सोही कारण समस्या आउने गरेको बताउँदै जात्रालाई संयमित र घटना, दुर्घटनामुक्त बनाउन जात्रालाई दिउँसै सम्पन्न गर्नुपर्ने बताए।
छानबिन टोलीसँग कुरा गर्दै स्थानीय तौमढी क्लबका अध्यक्ष सुनिल चित्रकारले गुठी संस्थान र रथ निर्माण गर्ने सिकर्मीको लापर्वाहीका कारण गएरातिको घटना भएको बताए। चित्रकारले भन्नुभयो, ूरथ धेरै पुरानो भइसक्यो, यो रथलाई सङ्ग्रहालयमा राखेर नयाँ रथ बनाउनुपर्ने हो, यसमा गुठी संस्थान र भक्तपुर नगरपालिकाले चासो दिँदैन।ू
यस वर्ष पनि स्थानीयवासीले दिएको सुझाव नमानेर रथको पाङ्ग्रा कमजोर बनाएको र रथमा औँसी अर्थात् चुकुलसमेत चक्का नहल्लिने गरी एकोहोरो गुड्ने गरी निर्माण गरेका कारण रथ विपरीत दिशातर्फ गएर दुईजनाको ज्यानै गएको उनले बताए। यता गुठी संस्थानका प्रमुख लेखनाथ सापकोटाले रथ तान्नेक्रममा असन्तुलित भएर घटना भएको दाबी गरे।
स्थानीय बासिन्दा ध्रुव हाडाले गुठी संस्थानले पुजारीलाई चाँडै नै पूजा सम्पन्न गर्न लगाएर दिँउसै जात्रा सम्पन्न गर्ने परम्परा बसाल्न सकेमात्र यस्ता समस्या र विकृति हट्दै जाने बताए।
तौमढीबाट हिजो साँझ ५ बजे तान्न सुरु गरिएको भैरवको रथलाई तल्लो र माथिल्लो स्थानका बासिन्दाले आ(आफ्नो टोलमा लैजान तान्ने क्रममा दुईजनाको ज्यान गएको थियो भने १३ जना घाइते भएका थिए।
रथलाई राति २ बजे दत्तात्रय पुर्‍याएर स्थानीयवासीले अलपत्र रुपमा छाडिदिएपछि नियमानुसार गःहिटी नै ल्याउनुपर्ने रथलाई तौमढी क्लब, श्रीभक्त क्लबलगायतका प्रतिनिधि र महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले रथलाई बिहान करिब ४ बजे गःहिटी ल्याएर राखिएको काफ्लेले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने