अवैध रुपमा महिलालाई इराक पठाउन खोज्ने ट्राभल एजेन्सीहरुमा छापा

३० चैत्र २०६९, शुक्रबार ०६:३० मा प्रकाशित

काठमाडौं, ३० चैत । सरकारले वैदेशिक श्रम स्वीकृतिमा प्रतिबन्ध लगाएको मुलुक इराकमा रोजगारीका लागि भन्दै ट्राभल एजेन्सीहरुले महिला कामदार पठाउन लागेको तथ्य खुलासा भएको छ । वैदेशिक रोजगार विभागले र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शंकास्पद केही ट्राभल एजेन्सीमा छापा मार्दा सो तथ्य खुलेको हो । गौशालाको वेस्टफ्रेन्डसिप, एयर हिमाल ट्राभल एण्ड टुर्स र सिनामंगलको किङ अकबर ट्राभल एजेन्सीमा छापा मार्दा इराकमा महिला पठाउन त्यहाँको कुर्दिस्तान रिजनल काउन्सिल अफ मिनिस्टरबाट आएको २९ महिलाको भीसाको लिष्ट राखेको फेला परेको प्रहरीले जनाएको छ ।
बताइए अनुसार देवी तामाङ, रेश्मा गुरुङ, सरीता तामाङ, अनिता तामाङ, रेश्मा तामाङ, परिमाया तामाङ, गौमती गुरुङ, हिमाकुमारी आले, निमा ल्हामु शेर्पा आदिको नामावली र पासपोर्ट नम्बर विदेश पठाउने सूचिमा राखेको छापाका क्रममा फेला परेको थियो । वैदेशिक रोजगार विभागको ईजाजत नलिई विदेशमा कामदार पठाएमा ३ लाखदेखि ५ लाख रुपैयाँ जरिवाना र ३ वर्षदेखि ७ वर्ष कैंद सजाय छ भने ट्राभल एजेन्सीलाई कामदार विदेश पठाउने अधिकार नै हुँदैन ।
वैदेशिक रोजगार विभागका अनुसार ती ट्राभल एजेन्सीबाट इराकमा महिला पठाउन तयार पारिएका कागजात, महिलाको स्वास्थ्य परीक्षणको थानका थान रिपोर्ट, डेमाण्ड लेटरका स्क्यान कपी, कुवेतका भीसा नम्बर २० (हाउसमेड)का भीसा, दुतावासबाट प्रमाणित भएको सक्कल पत्र, म्यानपावर कंपनीका लेटर हेड, ६ वटा कम्प्युटर, एउटा ल्यापटप, मोवाईल, सीपीयु प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका