एमाओवादीलाई बहुमत मिल्यो भने मुलुक सिक्किमीकरण हुने दाबी

२९ चैत्र २०६९, बिहीबार १७:२० मा प्रकाशित

काठमाडौं, २९ चैत । चुनावको मिति तोक्न नसके रेग्मी सरकारलाई महिना दिनमै हटाउने भनी प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिन थालेको बेला नेकपा एमालेका सचिव युवराज ज्ञवालीले वर्तमान सरकारले नै चुनाव गर्नु उपयुक्त हुने धारणा अघिसारेका छन् । दलीय सहमतिमा निर्वाचनको मिति तोकिनु पर्ने उल्लेख गर्दै नेता ज्ञवालीले त्यसका लागि दलहरुका बीचमा निर्वाचन लगायत साझा एजेण्डामा सहमति कायम हुनुपर्ने दाङमा आयोजित एक कार्यक्रममा बताए ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता ज्ञवालीले पूर्वप्रशासकहरुले शासन गरिरहेको र दलहरु प्रतिपक्षमा बसेको अवस्था भए पनि यहि सरकारले चुनाव गराउँछ भन्ने विश्वास भएको भन्दै योे विश्वास भत्कन दिन नहुने तर्क गरे ।
वर्तमान सरकारलाई वाध्यताको उपजको संज्ञा दिँदै ज्ञावलीले भने– ‘दलहरुले ठिक गरे कि गरेनन् भन्ने कुरा समीक्षा हुँदै जाला तर यो सरकार हटाउनुपर्छ भन्नेहरु चाहिँ गलत हुन्, यहि सरकारले निर्वाचन गराउनुपर्छ ।’ उनले पार्टीहरु नमिले असारमा मात्रै हैन मंसिरमा पनि चुनाव नहुन नसक्ने ठोकुवा गरे । ज्ञवालीले माओवादीको देखाउने दाँत र चपाउने दाँत अर्कै भएकोले संविधान बन्न नसकेको आरोप लगाउँदै एमाले पहिलो पार्टी भैदिएको भए संविधान बनिसक्थ्यो भन्ने दावी गरे । ‘एमाओवादीकै कारण संविधानसभा विघटन भयो, उसैले संविधान खायो, त्यसैले फेरि उसैलाई ठूलो दल बनाए संविधान बन्दैन र मुलुक सिक्कीमीकरण हुन्छ’, नेता ज्ञवालीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट