नेपाल र नेपालीको समृद्धिको दाबी गर्दै सहकारी पार्टीको घोषणा

२९ चैत्र २०६९, बिहीबार १७:११ मा प्रकाशित

काठमाडौं, २९ चैत । ‘आर्थिक सामाजिक क्रान्तिका लागि सम्पूर्ण सहकारीकर्मीहरु एक हौं, जनताको लागि राजनीति, विकासको लागि सबैसँग हातेमालो’ भन्ने नारा दिँदै नेपाली जनतालाई समृद्धशाली बनाउने उदघोषका साथ नयाँ दल ‘सहकारी पार्टी नेपाल’को घोषणा भएको छ । राजधानीमा दल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा ठूला दलहरुको अदूरदर्शी राजनीतिको कारणले देश र जनताको दुःख पाएको दाबीका साथ मुलुक र बाटो विराएका राजनीतिक दलहरुलाई सहकार्यमा ल्याउँदै देशको आर्थिक, सामाजिक विकासलाई नयाँ दिशाबाट समृद्धशाली बनाउने उद्देश्यले पार्टीको जन्म भएको जानकारी दिइयो ।
उक्त पार्टीका अध्यक्ष हिरामणि पौडेलले विशुद्ध रुपमा नेपाली जनताको हित र उन्नतीको लागि राजनीति गर्दै आर्थिक विकासको लागि सबै नेपाली जनता, उद्योगी, व्यवसायी, व्यापारीलगायत सबै तह र तप्काका जनताहरुलाई समावेश गरी मुलुकलाई आर्थिक सम्पन्न र नेपाली जनतालाई स्वदेशमै रोजगारी प्रत्याभूति दिने दाबी गरे । उनले भने– ‘हामीले राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा ७ बमोजिम निर्वाचन आयोगमा गत चैत्र १९ गते दर्ता गरिसकेका छौं, यो पार्टीलाई ७५ वटै जिल्लामा विस्तारित गर्दै आर्थिक क्रान्तिको विजारोपण गर्दै मुलुकलाई समृद्धशाली बनाउँछौं ।’
सोही अवसरमा सहकारी विज्ञ डा. बद्रीप्रसाद गौतमले ठूला पार्टीहरुको दादागिरीले असफलताको दिशातिर धकेलिँदै गएको मुलुकलाई सही ट्रयाकमा ल्याउने दावी गरे ।
सहकारी पार्टी नेपालले ‘आर्थिक सामाजिक क्रान्तिका लागि सम्पूर्ण सहकारीकर्मीहरु एक हौं, जनताको लागि राजनीतिक, विकासको लागि सबैसँग हातेमालो’ भन्ने नारा अघि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार र संसदबारे नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग संवाद गर्ने निर्णय गरेको

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि