असिनाले धनकुटामा फलफुल नष्ट

२९ चैत्र २०६९, बिहीबार १०:१२ मा प्रकाशित

काठमाडौं, २९ चैत । धनकुटामा बुधवार साँझ आएको हावाहुरीसहितको असिनाले बालिनाली नष्ट गरेको छ । सदरमुकाम लगायतका स्थानमा आधा केजी तौलसम्मको असिना परेको बताइएको छ । यसबाट सुन्तला, आँप, लिचि, नासपातीलगायत फलफुल र तरकारीसमेत नष्ट गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
करिब आधा घण्टासम्म परेको असिना राति अबेरसम्म बिलाएको थिएन । धनकुटामा विशेषगरी फलफुल उत्पादन विगत वर्षहरु भन्दा उच्च हुने अनुमान गरिएको भए पनि असिनाले नराम्ररी क्षति पुर्याएपछि कृषकहरु निरास बनेको बताइएको छ ।
जिल्लाको मुलघाट, याक्चाना, पात्ले खोला, आहाले, छिन्ताङ्, आँखिसल्ला लगायतका स्थानमा असिनाले अत्यधिक क्षति पुर्याएको कृषकहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

लमजुङ।हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६

काठमाडौँ । रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिचल्लीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको