महासमिति बैठकमा ६ प्रदेशको माग, खड्कालाई न्याय दिलाउन पार्टीले पहल गर्नुपर्ने आवाज

२९ चैत्र २०६९, बिहीबार ०९:३७ मा प्रकाशित

काठमाडौं, २९ चैत । कांग्रेस महासमितिका सदस्यहरुले महासमिति बैठकमा सबै जातजाति र धर्मावलम्बीको समान पहिचान, अवसर र प्रतिनिधित्व हुने गरी पहाडमा ३ र मधेसमा ३ गरी ६ भन्दा बढी प्रदेश बनाउन नहुने आवाज उठाएका छन् । गरिब मुलुकको अर्थतन्त्रले धेरै प्रदेश धान्न नसक्ने भन्दै आगामी संविधानसभा चुनावमा बढीमा ६ वा ७ प्रदेश बनाउने एजेन्डा अघि सार्नुपर्ने उनीहरुको प्रस्ताव छ । बुधबार बन्दसत्रमा भएको समूहगत छलफलमा अधिकांशसदस्यले बढी प्रदेश बनाउँदा राज्यको साधनस्रोतले धान्न नसक्ने उल्लेख गर्दै ६ या ७ भन्दा बढी प्रदेश बनाउन नहुनेमा जोड दिएका थिए ।
एकल जातीय आधारमा संघीयताको नामकरण गर्न नहुनेमा सबै अञ्चलका प्रतिनिधि एकमत भएको बताइएको छ । उनीहरूले सबै जातजाति, धर्मावलम्बी र भाषाभाषीको समान पहिचान, अवसर र प्रतिनिधित्व हुने गरी प्रदेशको नामकरण हुनुपर्नेमा जोड दिएका र पछाडि परेका अल्पसंख्यक, दलितलगायत समुदायका लागि विशेष सुविधा र आरक्षण दिनुपर्ने सुझाव पनि दिएका छन् । खास मधेस क्षेत्र भनेर चिनिएको जनकपुर अञ्चलले नै पहाडमा तीन तराईमा तीन प्रदेशको प्रस्ताव गरेको बुझिएको छ । भाषा, ऐतिहासिकता र भौगोलिक बनोटका आधारमा पहाड र तराईमा तीन तीन प्रदेशको प्रस्ताव गरिएको धनुषाका महासमिति सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
बैठकमा शक्ति पृथकीकरण, निष्पक्ष निर्वाचन र न्यायालयको स्वतन्त्रताका लागि संविधानसभा चुनावअघि नै चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने माग पनि कैयन कांग्रेस महासमिति सदस्यले गरेका छन् । उनीहरुले आगामी कात्तिक या मंसिरसम्ममा संविधानसभा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिँदै पार्टी नेतृत्वले चुनावका लागि सबै दललाई सहमत गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै आगामी संविधानसभा चुनावमा पार्टीले जित्नका लागि नयाँ र पुराना अनुहारलाई सन्तुलित रूपमा मिलाएर उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएका थिए । गुटबन्दी र नेताको वरिपरि घुम्ने कार्यकर्तालाई विगतमा टिकट दिने गरेकै कारण पार्टी हारेको निष्कर्ष बैठककले निकालेको बताइन्छ ।
बैठकमा भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका नेता खुमबहादुर खड्काको बारेमा अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महासमिति सदस्यहरूले पार्टी नेतृत्वले खड्कालाई न्याय दिलाउनका निम्ति पहल गर्नुपर्ने आवाज उठाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर