सात महिनामा ५२ करोड रेमिट्यान्स भित्रियो

२१ चैत्र २०६८, मंगलवार १८:०७ मा प्रकाशित

सिन्धुली, २१ चैत । सिन्धुलीमा चालु आर्थिक वर्षको सात महिनामा ५२ करोड रेमिट्यान्स भित्रीएको रेमिटसम्बन्धी कारोवार गर्ने संस्थाले जनाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्त सम्ममा सो रेमिट्यान्स रकम भित्रिएको मातृभूमी विकास बैँकले जनाएको छ । जिल्लामा उचित रोजिगारि नपाएर वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका युवा युवतीवाट रेमिट्यान्स रकम भित्रीँदै गएको वैँकका प्रवन्धक विनोद थापा वताउनुहुन्छ । वहाँका अनुसार विदेश पलायन हुनेको संख्यामा वृद्धि भएसंगै रकम भित्रने क्रम पनि वढ्दै गएको हो । गएको माघ महिनामा मात्रै सात करोड भन्दा वढि रेमिटान्स भित्रीएको शिद्धवावा मनि एक्सप्रेसले जनाएको छ । यसरी भित्रीएको रकम विशेषगरि कृषि, घरजग्गा र व्यवसायमा लगानी हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड