यस्तै रवैया रहे मंसिरमा पनि चुनाव हुन नसक्निे विज्ञहरुको ठहर

२९ चैत्र २०६९, बिहीबार ०९:०० मा प्रकाशित

काठमाडौं, २९ चैत । साता दिनअघिसम्म असारमा अब कुनै हालतमा निर्वाचन गराउन नसकिने अभिव्यक्ति दिने निर्वाचन आयोगका एक आयुक्त अयोधिप्रसाद यादवले राजनीतिक वातावरण बने असारभित्रै संविधानसभाको निर्वाचन गर्न सकिने अभिव्यक्ति दिएर सचेत नागरिक तप्कालाई आश्चर्यमा पारेका छन् । लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण नेपालले आयोजना गरेको ‘आगामी निर्वाचन स् अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा बुधबार मन्तव्य दिने क्रममा उनले दलहरूले सहमति गरेर मतदाता नामावलीको सूची चैत मसान्तसम्म उपलब्ध गराए असारमै निर्वाचन गर्न निर्वाचन आयोग सक्षम रहेको बताएपछि उनका अघिल्ला अभिव्यक्ति सुन्दैआएकाहरु आश्चर्यमा परेका हुन् । उनले निर्वाचन प्रक्रियामै रहेका दलहरूको निर्वाचनप्रतिको प्रतिबद्धता आउन नसकेको गुनासो गर्दै दलहरुकै कारण मात्र निर्वाचन आयोग अन्योलमा परेको संकेत गरे ।
सोही कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन, जनअभिमतबाट दलहरूको हैसियत निर्धारण गर्न तथा हिजोका विभिन्नखाले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सर्वमान्य संविधान लेखनका लागि निर्वाचन अपरिहार्य भएको बताए। उनले निर्वाचनका लागि विवादरहित मतदाता नामावली तयार गर्न, मुलुकका सबैलाई चित्तबुझ्दो कानूनी संयन्त्र बनाउन र निर्वाचनबारे विमति राख्ने शक्तिलाई पनि परिणाममुखी सम्वादको माध्यमबाट चुनावी अभियनमा समाहित गर्न सुझाव दिँदै त्यसो हुन नसके निर्वाचन सार्थक र उपयोगी नहुने बताए।
अहिलेको चार दलीय सिन्डिकेटलाई तोडेर वा फराकिलो बनाएर निर्वाचनविरुद्ध सडकमा रहेका दलहरूलाई निर्वाचनमा सहभागी हुने अनुकूल वातावरण निर्माण गर्न जरुरी रहेको कार्यक्रका अर्का सहभागी प्राध्यापक कृष्ण खनालले औंल्याए भने संविधानविद् भीमार्जुन आचार्यले अहिलेको अवस्था र प्रक्रियाले असारमा मात्र नभई मङ्सिरमा पनि निर्वाचन हुन नसक्ने दाबी गरे । एमाओवादीका केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदीले अहिलेको अवस्था र प्रक्रियाले असारमा निर्वाचन सम्भव नहुने भन्दै विपक्षमा रहेका दलहरूलाई सहमतिमा ल्याएर मङ्सिरभित्र निर्वाचन गरिनुपर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर