बन कर्मचारीलाई घुस नदिएपछि दुव्र्यबहार !

२९ चैत्र २०६९, बिहीबार ०८:३६ मा प्रकाशित

चन्द्रकान्त  खनाल, रुपन्देही, २९ चैत । अवैध काठ ओसारपसारको आरोपमा अनुसन्धानको दायरामा परेका दुधराक्ष–५ स्थित मोनालिसा फर्निचर उद्योगका सञ्चालक मेखेन्द्र चन्दले बन कर्मचारीले मागेको घुस नदिँदा आफूमाथि दुव्र्यबहार भएको दाबी गरेका छन् ।
विभिन्न पत्रपत्रिकामा आफूविरुद्ध गलत समाचार प्रकाशित भएको बताउँदै उनले बुटवलमा पत्रकार सम्मेलन गरी बन कर्मचारीले मागेको रकम नदिएकै कारण झुटो मुद्दा लगाएर ११ दिनसम्म विनाकारण आफूलाई थुनामा राखेको बताए ।
बाँसगढी रेन्जपोष्टका कर्मचारी कृष्ण सुवेदीले माथिसम्म लाइन मिलाउन पर्ने भएकोले बासगढी क्षेत्रमा रहेका १२ वटा फर्निचर कम्पनीसंग प्रतिफर्निचर मासिक ५ हजारका दरले रकम माग गरेको आरोप चन्दले लगाएका छन् । सुवेदीको मागलाई अस्वीकार गरेकै कारण बैधानिक रुपमा फर्निचर व्यबसाय सञ्चालन गरेका आफूमाथी ईलाका बन कार्यालय बुटवलका अधिकृत बसन्तबाबु श्रेष्ठ र जिल्ला बन कार्यालय रुपन्देहीका सहायक बन अधिकृत गिरीराज गैरेले अमानवीय व्यबहार प्रदर्शन गरी ११ दिनसम्म थुनामा राखी मानसिक यातना दिने तथा सामाजिक प्रतिष्ठामा आच पु¥याउने काम गरिएको गुनासो चन्दले गरे । आफूमाथि भएको यस अमानविय कार्यका विरुद्ध कानूनी उपचारमा जाने सोच आफूले बनाइरहेको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति