दूव्र्यसनविरुद्धको अभियानमा प्रहरी सक्रियता

२९ चैत्र २०६९, बिहीबार ०८:१८ मा प्रकाशित

रुपन्देही, २९ चैत । लागुपदार्थ दूब्र्यसनीविरुद्ध अभियानमा विद्यार्थीलाई सहभागी बनाउन सके अभियान प्रभावकारी हुने सुझाव दिइएको छ । इलाका प्रहरी कार्यालय बुटवलले जारी राखेको लागुपदार्थ दूब्र्यसनीविरुद्धको अभियान अन्तर्गत बुटवलको लुम्विनी वाणिज्य क्याम्पसमा आयोजितअन्तक्र्रियामा यस्तो सुझाव दिइएको हो ।
लागु पदार्थको दुब्र्यसनमा स्कुल तथा कलेजस्तरका विद्यार्थीहरुको संलग्नता बढी देखिएकाले तिनै कलेजहरुमा विद्यार्थीको सञ्जाल बनाएर दुब्र्यसनीविरुद्धको अभियानमा सहभागि बनाउनु पर्ने सुझाव दिइएको हो । कलेजहरुमा बनाइने त्यस्ता समूहका सदस्यले कलेजभित्र लागुपदार्थ दुब्र्यसनमा फसेका युवायुवतीको तथ्यांक संकलन गर्ने, उनीहरुको संगतमा रहेका विद्यार्थीको संख्या पत्ता लगाउने, सकेसम्म उनीहरुलाई कलेजमै सुधार गर्न सकिने
उपायहरु पत्ता लगाउने नसके उनीहरुका अभिभावकलाई खवर गरेर सुधारकेन्द्रमा जान सुझाव दिनेगरि अभियानमा सहभागि बनाउन सकिने बताइएको हो ।
कलेजहरुमा बन्ने त्यस्ता समूहका सदस्यहरुलाई दुव्र्यसनी पहिचान गर्न सिकाउने, दुब्र्यसनीमा फसेकाहरुलाई मनावैज्ञानिक उपचार कसरी गर्ने भन्ने तालिम दिने हो भने कलेजभित्रै दूब्र्यसनविरुद्धकोअभियानलाई प्रभावकारी बनाउन सकिने सुझाव वक्ताहरुले दिए ।
कार्यक्रममा बोल्दै लुम्विनी वाणिज्य क्याम्पस बुटवलका क्याम्पस प्रमुख इश्वर गौतमले लागु पदार्थले थुप्रै नपोलीको परिवार तहसनहस पारेको भन्दै यसलाई न्यूनीकरण गर्न ब्यापक सचेतनाको जरुरी रहेको बताए । उनले विद्यालय तथा कलेजहरुमा प्रशिक्षणमूलक कार्यक्रमहरुलाई निरन्तरता दिन प्रहरीसमक्ष आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रिय सदस्य भरत केसीले दूब्र्यनीविरुद्ध प्रहरीले थालेको अभियानमा विद्यार्थी, अभिभावक र शिक्षकसमेत सहभागी हुनुपर्ने बताए । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार वैदवारले प्रहरीको अभियानलाई सवै क्षेत्रबाट सहयोग भइरहेको भन्दै सुझावहरुलाई कार्यान्वयन गर्न तयार रहेको प्रतिक्रिया दिए ।
– चन्द्रकान्त  खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय