माओवादीका सभासद प्रेमबहादुर पुलामीविरुद्ध रौतहट प्रहरीद्वारा आज पक्राउ पुर्जी जारी

२१ चैत्र २०६८, मंगलवार १८:०६ मा प्रकाशित

रौतहट, २१ चैत । नक्कली परीक्षार्थी लगाएर एसएलसी दिन लगाएको आरोपमा मकवानपुर जिल्लाबाट निर्वाचित  एकीकृत नेकपा माओवादीका सभासद् प्रेमबहादुर पुलामीविरुद्ध रौतहट प्रहरीले आज पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत रौतहटले अदालतमा उपस्थित गराउन आदेश दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले सभासद् पुलामीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले सभासद् पुलामीलाई पक्राउ गर्न अञ्चल प्रहरी कार्यालय वीरगन्ज र मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा पत्राचारसमेत गरिसकेको छ । सभासद् पुलामीको सट्टा परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका साहित्य लामा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण