मणिमुकुन्द सेन उद्यानलाई राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन माग

२९ चैत्र २०६९, बिहीबार ०७:३७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २९ चैत । मणिमुकुन्द सेन उद्यानलाई राष्ट्रिय पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नुपर्ने आवाज सरोकारवालाहरुबाट उठ्न थालेको । उद्यान संरक्षण समितिको बुधबार सम्पन्न सातौ साधारणसभामा अध्यक्ष मोतीराज ज्ञवालीलगायतले यस्तो माग गरेका हुन् ।
साधारणसभामा संस्थापक अध्यक्ष सुर्यप्रसाद प्रधान, पुर्वअध्यक्ष भोजप्रसाद श्रेष्ठ, उपाध्यक्ष मनोज राना लगायतले फुलवारीलाई राष्ट्रिय पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । यस क्षेत्रकै पर्यटकीय स्थलको रुपमा विकसित हुदै गएको उद्यान फुलवारीमा चालु आर्थिक वर्षको हालसम्म १ लाख ४९ हजार ४ सय ७९ जनाले अवलोकन गरेको उपाध्यक्ष मनोज रानाले जानकारी दिए । ति मध्ये १ लाख ४९ हजार ८ सय आन्तरीक, ७ हजार ४ सय ९४ जना सार्क राष्ट्वाट, ६१ तेश्रो मुलकवाट र १७ हजार एक सय २४ जना विद्यार्थीहरुले अवलोकन भ्रमण गरेको जनाइएको छ ।  अघिल्लो वर्ष २ लाख ६० हजार आन्तरिक, १३ हजार सार्क राष्ट्र तथा ८० जना तेश्रो मुलुकका पर्यटकहरु अध्ययन तथा अवलोकन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण