मानववस्तीमा प्रवेश गर्ने चितुवा मारियो, लेक लागेर अष्ट्रेलियनको मृत्यु

२८ चैत्र २०६९, बुधबार २२:२९ मा प्रकाशित

काठमाडौं, २८ चैत । त्रिभुवन बिमानस्थलनजिक गोठाटारमा मानव वस्तीमा प्रवेश गरेर आतंक मच्चाउने एक चितुवालाई सुरक्षाकर्मीले गोली प्रहार गरी ठहरै पारेका छन् । उक्त चितुवाले स्थानियवासीलाई आक्रमण गरेको खबर प्राप्त हुनासाथ बुधबार महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चितुवालाई नियन्त्रणमा लिने क्रममा गोली फायर गर्दा चितुवाको मृत्यु भएको हो ।
उक्त चितुवाको आक्रमणबाट स्थानिय ९ जना र अस्थाई प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी जवान मनरुप गिरीसमेत घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
उता एनआई ५५७४७९ नंबरको राहदानीवाहक ३१ वर्षीय अष्ट्रेलियन नागरिक अफोलाबी ओगुनबान्जोको लेक लागेर मृत्यु भएको छ । सोलुखुम्बुको नाम्चेमा लेक लागेर बिरामी भएपछि निजका गाईड खिला कार्कीले घोडामा राखी चौरीखर्क–५ थाङदेनस्थित नमस्ते होटलमा ल्याई बास बसेको अवस्थामा उनको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले