संविधानसभासँगै स्थानीय निकायको पनि चुनाव गर्नुपर्ने फोरमको माग

२८ चैत्र २०६९, बुधबार २२:१६ मा प्रकाशित

काठमाडौं, २८ चैत । मधेसी जनअधिकार फोरम नेपालले निर्वाचनभन्दा पहिला गाविसको सिफारिस, गाँउले सर्जमिन, मोहियानी वा अन्य सम्पतिको निस्सा र कर तिरेको रसिदको आधारमा नागरिकता अभियानकै रुपमा वितरण गर्नुपर्ने माग अघिसारेको छ । सो पार्टीले कोही पनि नछुट्ने गरी मतदाता नामावली संकलन गर्नुपर्ने तर त्यसरी मतदाता नामावली संकलनको लागि नागरिकता अनिवार्य हुन नहुने सर्त तेस्र्याएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कमिटिले तय गरेको  १२ बुँदे माग अघि सार्दै त्यो पुरा नभएसम्म निर्वाचनमा भाग नलिने बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।
विगतका मतदाता नामावलीमा नाम भएकालाई नागरिकता नभए पनि भोट हाल्न दिनु पर्ने, २०६८ सालको जनगणनाअनुसार पुन निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, समानुपातिक प्रतिनिधित्व पहिलाकै आधारमा हुनुपर्ने माग पनि उनले अघि सारे । शक्ति पृथकीकरणको मान्यतालाई ध्वस्त पार्दै कार्यपालिका र न्यायपालिकाको प्रमुख एकै ब्यक्ति स्विकार्य नहुने भएकोले मन्त्री परिषदको अध्यक्षले दुईमध्ये एक पद तत्काल छाड्नु पर्ने अडान उनले ब्यक्त गरे । उनले संविधानसभा र स्थानीय निकायको निर्वाचन एकै पटक गर्नुपर्ने र संविधानसभाको निर्वाचनमा जानुअघि संविधानको खाकामा सहमति गर्नुपर्ने माग पनि अघि सारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।