सिआइवी कर्मचारीको नाममा राजमार्गमा ठगी

२८ चैत्र २०६९, बुधबार २२:०२ मा प्रकाशित

काठमाडौं, २८ चैत । आफूहरुलाई क्रिमिनल इन्भेष्टिकेशन ब्युरो (सिआइबी)का सदस्य बताउँदै हाइवेमा ट्रक रोकेर रकम असुली गर्ने दुई अपराधीहरु पक्राउ परेका छन् । धादिङ नौविसे–२ स्थित त्रिभुवन राजपथमा काठमाडौंतर्फ आउँदै गरेका भारतीय नम्बर प्लेटका ६ वटा मालबाहक ट्रक रोकेर हामी सिवीआईका कर्मचारी हौं भन्दै उनीहरुले नगद असुलेका थिए । गाडीमा क्षमता भन्दा बढी लोड बोकेको भन्दै प्रज्ञापन पत्र मागेर रकम असुली गर्नेहरुमा दोलखा भिमेश्वर नगरपालिका–११ बस्ने २६ वर्षीय हेमबहादुर बयलकोटी र चितवन भरतपुर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रकाश श्रेष्ठरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएका प्रहरी टोलीले बा.३८ प ८३२७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो ।
अन्तर्राष्ट्रिय बिमानस्थलमा ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका राहदानी नम्बर ४८५२२५३ वाहक नुवाकोट जिल्ला दुप्चे–५ घर भएका ४० वर्षीय वीरमान तामाङलाई बिमानस्थलमा खटिएको प्रहरीले शंका लागेर सोधपुछ गर्दा निजले लागूऔषध चरेश १ सय वटा क्याप्सुल बनाई खाएको भनि स्वीकार गरेकोले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागेर लागू औषध नियन्त्रण व्युरोलाई बुझाएको छ ।
यस्तै नेपालबाट भारततर्फ जाँदै गरेका रुकुम जिल्ला काक्री–९ बस्ने ५० वर्षीया बिमला घर्तीमगर, ३७ वर्षीया देबीमाया शाही र १८ वर्षीया सिता पुन मगरलाई ११ किलो लागूऔषध चरेससहिते सीमा प्रहरी चौकी जमुनाहा दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर