मापदण्डविपरित पुस्तक विक्री नगर्न माग

२८ चैत्र २०६९, बुधबार २१:३८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २८ चैत । पाठ्यक्रम विकास केन्द्र र पाठ्यपुस्तक मुल्य निर्धारण समितिले निर्धारण गरेको मुल्यभन्दा बढी मुल्य लिएर पुस्तकहरु बिक्री वितरण भएको भन्दै अभिभावक संघ रुपन्देहीले आपत्ति जनाएको छ ।
केन्द्र र समितिले २०७० सालदेखि लागु हुने गरी निर्धारण गरेकोे मल्ुयभन्दा ५० रुपयाँदेखि १ सय १० रुपैयाँसम्म बढी मुल्य लिएर पुस्तक बिक्रि वितरण भएको पाइएकोले अभिभावक संघले बिरोध जनाएको हो । केन्द्र र समितिले एक रंङ्गी प्रतिपेज ८९ पैसा, दुर्य रङ्ग् िएक रुपैयाँ र दुईभन्दा बढी बहुरङ्गी भएका पुस्तकको प्रतिपेज १ रुपैंया १५ पैसा निर्धारण गरेको छ । तर प्रकाश १ को विज्ञान बिषयका रुपैयाँ बढी लिएर बिक्रि वितरण गरिएको अभिभावक संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा एक सय २४ पेज पुस्तकको मल्ुय १ सय ४२ रुपैयाँ हुनुपर्नेमा २ सय ३० रुपैयाँ प्रिन्टमुल्य कायम गरि बिक्रि गरिएको उल्लेख गरिएको छ । पुस्तकहरु स्टक भए भन्दै मापदण्डविपरित बिक्रि वितरण नगर्न आग्रह गर्दै त्यस्तो कार्य नियन्त्रणका लागि सरोकार निकायले अनुगमन गर्न संघले माग गरेको छ । मापदण्डविपरित विक्रि वितरण भएका पुस्तकहरु नियन्त्रणमा लिन र त्यस्तो  गनर्लोई कारवाही गर्न समितिले  माग गरेको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट