प्रचण्डको राजनीतिक भविष्य धरापमा, पार्टी एकताको सूत्र चीनबाट झिकाइँदै

२८ चैत्र २०६९, बुधबार ०८:४१ मा प्रकाशित

काठमाडौं, २८ चैत । छिमेकी मित्रराष्ट्र भारतको सद्भाव पाएर प्रधानमन्त्रीसम्म बन्न सफल भएका एमाआोवदी अध्यक्ष प्रचण्ड मौका पाउनेबित्तिकै पटकपटक चाइनातिर लम्कन थालेपछि उनको राजनीतिक भविष्यलाई लिएर शुभचिन्तकहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । लामो समयदेखि भारत भ्रमण गर्न इच्छुक प्रचण्डलाई नयाँदिल्लीमा स्वगत गर्ने विषयमा भारतीय अधिकारीहरू सकारात्मक हुँदै गएको बेला प्रचण्ड चाइनाको विशेष भ्रमणमा जान हतारिएकाले शुभचिन्तकहरू यसरी चिन्तित बनेका हुन् । प्रचण्ड चाइना गएपछि दक्षिणको उनीप्रतिको विश्वासमा थप शङ्का उत्पन्न हुने अनुमान विश्लेषकहरूको छ । यद्यपि प्रचण्डले आफू चाइनबाट फर्कनेबित्तिकै भारत भ्रमण गर्ने बताएका छन् ।
उनले यसअघि नेपाल आएका भारतीय टोलीका नेताहरूसँग भने नेपालमा नयाँ सरकार बन्नेलगत्तै आफू भारत जाने जानकारी गराएका थिए । बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनेको एक महिनामा पनि नबित्दै उनले चाइना भ्रमणको विशेष चाँजोपाँजो मिलाए । तर, भारत भ्रमणको तिथिमिति तोकेका छैनन् भने भ्रमणको कुनै औपचारिक पहल नै सुरु गरेको पनि बुझिँदैन । कूटनीतिक विश्लेषकहरूका अनुसार प्रचण्डको चाइना भ्रमणपछि तत्काल भारत भ्रमण हुन सक्ने सम्भावना अत्यन्तै कम भएर जाने देखिन्छ ।
प्रचण्डले प्रधानमन्त्री भएकै समयमा भारतको विश्वास गुमाइसकेका भए पनि बितेका तीन वर्षभित्र उनले निर्वाह गरेको भूमिकाले दुईपक्षीय विश्वासका रेखाहरू कोरिन थालेका थिए । यसपटकको चाइना भ्रमणपछि भारत र प्रचण्डबीचको विश्वास शून्यमा झर्न सक्ने सम्भावना छ । त्यसपछि भारतको विश्वास जित्ने होइन नयाँदिल्लीको भ्रमण मात्र गर्न पनि प्रचण्डले लाख प्रयत्न गर्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ । तर, प्रचण्डले आफूनिकट र भारतसँगको विशेष सम्बन्ध भएका नेताहरूसँग आफू भारत जान आतुर रहे पनि त्यससम्बन्धी कुनै कार्यक्रम बनिनसकेको र यसैबीचमा चीनबाट निम्तो अँएकाले बाध्य भएर जान लागेको जानकारी गराएका छन् । उनले आफ्नो भ्रमण राजनीतिक नभएको पनि स्पष्ट पार्न खोजेका छन् ।
प्रचण्डनिकट एक नेताका अनुसार एक साता लामो चीन बसाइका क्रममा उनले चीनका वरिष्ठ कम्युनिस्ट नेता तथा सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम तय गरेका छन् । भेटका क्रममा उनले पार्टी विभाजन, संविधानसभा निर्वाचन तथा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चिनियाँ अधिकारीहरूसँगको भेटमा छलफल गर्नेछन् । त्यसैले उनले चीन भ्रमणबाटै पार्टी एकताको सूत्र पनि लिएर आउनेछ । संविधानसभा निर्वाचन असारमा नगराउने, असारमा निर्वाचन नगराउँदा पार्टीबाट अलग भएका मोहन वैद्यले अघि सारेको मुद्दा पनि पूरा हुने र मङ्सिर या अन्य कुनै महिनामा गरिने चुनावमा पार्टीलाई एकीकरण गरी अघि बढाउने योजनामा प्रचण्ड रहेका छन् । त्यसैले पनि प्रचण्डको चीन भ्रमणलाई पार्टीले अत्यन्तै महत्वका साथ लिएको छ ।
सीपीसीको अन्तर्राष्ट्रिय विभाग आईपिङको निम्तो मान्न प्रचण्ड पत्नी सीता दाहाल, चूडाबहादुर खड्का, स्वकीय सचिव र आफ्नो सुरक्षामा खटिएका पार्टी कमान्डर र नेपाल प्रहरीका केही सुरक्षा अधिकारीलाई साथ लिएर १४ अप्रिलमा चीन उड्दै छन् । उनी २१ तारिखमा फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि