बेलायतको भिसा शुल्क खारेजीको माग गर्दै गेसोद्वारा प्रदर्शन

२८ चैत्र २०६९, बुधबार ०८:३० मा प्रकाशित

काठमाडौं, २८ चैत । सबै गोरखा सैनिकका सन्तानले बेलायतको आवासीय भिसा पाउनुपर्ने, अध्यागमनसम्बन्धी मुद्दा पर्दा गोरखा र गोरखाका सन्तानलाई कानुनी सहायता दिँदै आएको कानुनी सहायतालाई निन्तरता दिनुपर्ने र गोरखाको सन्तानलाई भिसा शुल्कबापत लिइँदै आएको शुल्क २ लाख ६८ हजार ४ सय खारेज गर्नुपर्ने मागसहित गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपाल सरकार र बेलायती सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बेलायती अदालतको फैसला तत्काल कार्यान्वयन गर्न माग गर्दै गेसोले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो । गेसोले बेलायती अदालतले २१ जनबरी २०१३ मा गरेको फैसलालाई तत्काल कार्यान्वयन गरेर सबै गोरखाका सन्तानलाई निःशुल्क बेलायत जान दिनुपर्ने माग गर्दै आएको छ ।
ज्ञापनपत्र बुझाउनुअघि गेसो केन्द्रीय कार्यालय पुलचोकबाट करिब ४ हजारभन्दा बढी युवा सहभागी जुलुस निकालिएको थियो । जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै गेसो सभापति पदमबहादुर गुरुङले बेलायती अदालतले गरेको फैसलालाई तत्काल कार्यान्वयन नगरे कडा आन्दोलन गरिने चेतावनी दिए । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले ज्ञापनपत्र लिनका लागि समय उपलब्ध गराए पनि अन्तिम समयमा उनी बुझ्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरे । रेग्मीले समय नदिएपछि गेसोले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र दर्ता गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री