देश रक्तपाततर्फ उन्मुख भएको विप्लवको कथन

२८ चैत्र २०६९, बुधबार ०८:०१ मा प्रकाशित

चन्द्रकान्त खनाल, बुटवल, २८ चैत । नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्दले अहिलेकै अवस्थामा चुनाव भए अबस्था गम्भीर हुन सक्ने चेतावनी दिएका छन । माओवादीनिकट  नेपाल कान्तिकारी पत्रकार महासंघ मगरात राज्य समितिको पाल्पामा सुरु भएको प्रथम सम्मेलनको उद्घाटन गर्दै विप्लवले
सहमतिविना चुनाव भए अहिले नेताहरुबीच भएको जुहारी नागरिक—नागरिकबीचको भिडन्तमा परिणत भएर देशमा रक्तपात हुनसक्ने  अवस्था आउने चेतावनी दिए ।
उनले आफुहरुको सहमतिविना चुनाव गर्ने प्रयास गरे त्यसलाई असफल बनाउन नेकपा—मावादी जस्तोसुकै अवस्थाको पनि सामना गर्न तयार रहेको बताए । प्रधानन्याधिश खिलराज रेग्मीको सरकारले चुनावलाई असफल बनाउने पार्टीको मुख्य योजना नै रहेको सचिव बिप्लपको भनाई थियो । सम्मेलनमा ९ जिल्लाका पत्रकारहरुको सहभागिता रहेको छ  । ४५ जना प्रतिनिधी रहेको सम्मलेलनले नया र्कायसमिती चयन गर्ने बताइएको छ ।
यसैबीच एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पार्टीले मधेशवादी र जनजातिसँग तालमेल गरेर चुनावमा जाने देखेपछि संघीयताविरोधीहरुले चुनाव गर्न नचाहेको बताएका छन् । पार्टीको अवध राज्यअन्तर्गतका जिल्लाहरुको बुटवलमा सम्पन्न कार्यालयस्तरीय प्रशिक्षणमा बोल्दै नेता गजुरेलले वैद्य पक्ष फुटेर गएपछि एमाओवादीले चुनाव हार्छ भन्ने अनुमानमा एमाले कांग्रेस चुनावमा जान सहमत भएपनि अहिले पार्टीले वृहत चुनावी मोर्चा बनाउने भएपछि उनीहरु चुनावविरुद्ध बोल्दै हिंडेको बताए । उनले एमाओवादीले सातौं राष्ट्रिय महाधिवेशनमा विचारको नयां संश्लेषण गरेको बताउंदै नयां विचार अनुसार संगठनको नयां विधिको विकास गर्नुपर्नेमा जोड दिए । बदलिएको विश्व परिवेश अनुसार पार्टीले माओ  र लेनिनले लिएको क्रान्तिको बाटोले अबको क्रान्ति सम्पन्न गर्न नसकिने भन्दै पार्टीले नयां विचारको विकास गरेको दावी गरे ।
कार्यक्रममा एमाओवादी अवध संयोजक चन्द्रप्रकाश खनाल बलदेवले पार्टी बिग्रेको भन्ने कार्यकर्ताको गुनासोलाई गम्भीर रुपमा लिएर पार्टी एक ढिक्का बनाएर लैजाने बताए भने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले लेखा प्रणालीलाई तलदेखि माथिसम्म व्यवस्थित गर्न शुरु गरिएको बताए । कार्यक्रममा केन्द्रीय सदस्य भक्ति पाण्डे, वामदेव क्षेत्री, रामप्रसाद बन्जाडे, केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई लगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको