पूर्व प्रहरी महानिरीक्षक बोहरालाई डेढ वर्ष कैद र २७ लाख जरिवाना

२१ चैत्र २०६८, मंगलवार १८:०३ मा प्रकाशित

काठमाडौ, २१ चैत । पूर्व प्रहरी महानिरीक्षक लाई विशेष अदालतले अवैध सम्पत्ति जोडेको अयिभोगमा डेढ वर्ष कैद सजायँ र २६ लाख ८३ हजार रुपैयाँ जरिवानाको तोकेको छ । बोहराको सम्पत्तिमध्ये दुई करोड ३८ लाख रुपैयाँ अवैध देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको थियो । यसमध्ये ९० लाख रुपैयाँ अवैध देखिएको विशेष अदालतले ठहर गरेको छ ।  प्रहरी प्रमुख भएको बेला खरिद गरेकोे घरजग्गा तथा विभिन्न बैङ्कमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै अदालतले दोषी ठहर गरेको हो । बोहरा २०४९ सालदेखि २०५३ सम्म प्रहरी महानिरीक्षक रहनुभएको थियो । यसअघि बोहराको मुद्दा विशेष अदालतबाट सम्पत्तिको स्रोत खुलाउनका लागि हदम्यादको आधारमा खारेजीमा परेको थियो । तर सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश अनुपराज शर्मासमेतको इजलासले भ्रष्टाचारको मुद्दामा हदम्याद नलाग्ने भन्ने फैसला सुनाएपछि त्यसै आधारमा फेरि ब्युँतिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ