जातीय संघीयताको नारा विदेशीको इशारामा आएको दाबी

२८ चैत्र २०६९, बुधबार ०७:४७ मा प्रकाशित

चन्द्रकान्त  खनाल, रुपन्देही, २८ चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपाली कांग्रेस संविधानसभाबाट बहुमतसहितको ठूलो पार्टी भएर उदाउने दाबी गरेका छन् ।  कांग्रेसले संघियता र नेपाली जनताको पक्षमा स्पष्ट रुपमा आफ्नो धारणा ल्याएको भन्दै उनले महासमितिको बैंठक सकिएपछि कांग्रेस चुवावि माहोलमा होमिने उल्लेख गरे ।
बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै युवा नेता गुरुङले कांग्रेसले साझा पहिचान र सामथ्र्यसहितको संघीयता चाहेको उल्लेख गर्दै महासमितिको बैठकमा त्यसलाई मुख्य एजेन्डा बनाइएको बताए । गुरुङले संघियताका बिषयमा केहि नेताहरुले बिदेशीको इसारा र आदेशमा एकल जातिय       पहिचानको पक्षमा बोल्ने गरेको बताउदै कांग्रेस त्यसको बिपक्षमा उभिएको बताए । लोकतन्त्र र गणतन्त्रका उपलब्धि रक्षा र संस्थागत गर्ने अन्तिम बिकल्प निर्वाचन भएको चर्चा गर्दै युवा नेता गुरुङले कांग्रेसको मन र मस्तिष्क नै निर्वाचनभएको तर्क गरे । उनले लोकतान्त्रिक संबिधान निर्माणका लागि सबै पार्टि एकजुट हुनुपर्ने बताए  । गुरुङले सबै पार्टिलाई समेटेर चुनाव गर्नुपर्नेमा जोड दिए । संबिधान सभाको चुनाव मंसिरमा गर्नु उपयुक्त हुने बताउदै उनले प्रचण्डले मंसिरमा चुनाव हुन नदिने भन्दै हिँड्नु लज्जास्पद भएको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा