ग्रामीण विकास बैंकले विविध अर्थमुखी तालिम सञ्चालन गर्ने

२८ चैत्र २०६९, बुधबार ०७:४१ मा प्रकाशित

रुपन्देही, २८ चैत । पश्चिमाञ्चल ग्रामीण विकास बैंक लिमिटेड बुटवलले ५ करोड ५९ लाख ४ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । बैंकले चालु
आर्थिक वर्षको चैत १६ सम्म २० करोड ७२ लाख ८७ हजार आम्दानी र १५ करोड १३ लाख ८३ हजार खर्च गरेको जनाएको छ । बैंकको १८ औं वार्षिक साधारणसभा तथा १९ औं वार्षिकोत्सवको अवसरमा मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत धर्मराज पाण्डेले चालु आर्थिक वर्षको चैत १६ गतेसम्म ११ अरव ६ करोड ४१ लाख ८ हजार कर्जा लगानी गरेको जानकारी दिए ।
१० करोड चुक्ता पूँजी रहेको बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०६८÷२०६९ मा बैंकको संचित मुनाफावाट १० दशमलब ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको निस्कृय कर्जा करिब ७ करोड रहेको र त्यसको असुलीलाई प्राथमिकतामा
राखेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । पश्चिमाञ्चल विकास क्षेत्रका लुम्विनी, गण्डकी र धवलागिरी अंचलका १६ जिल्ला मध्ये मनाङ्ग र मुस्ताङ्गवाहेक १४ जिल्ला कार्यक्षेत्र रहेको बैंकले १२ हजार १ सय १० महिला समूहका ६० हजार ४२ परिवारका करिब ३ लाख २ सय १० जनालाई लघुवित्त
सेवा पु¥याएको जनाएको छ । अन्य चार विकास क्षेत्रका ग्रामीण विकास बैंकहरुसंग यसै आर्थिक वर्षमा मर्ज भई नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकपछिको देशव्यापी संजालको राष्ट्रियस्तरको बैंक बन्ने बैंक सञ्चालक समिति अध्यक्ष जगत पोखरेलले बताए । बैंकले कृषि तथा पशुपंक्षीजन्य व्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले तरकारी, फलफुल, नगदेवाली, दुग्धजन्य व्यवसाय, वाख्रापालन, कुखुरापालन, मत्स्यपालन व्यवसायमा लगानी गर्ने, युवा तथा बालबालिका लक्षित कार्यक्रम, नवीकरणीय उर्जा कार्यक्रम, बैंकको सुचना प्रणालीलाई थप व्यवस्थित गर्ने र आफ्ना समुह सदस्यलाईृ सीप विकास तालिमहरु संचालन गर्ने जनाएको छ ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह