टेलिकमको यो वर्षको नाफा साढे ११ अर्ब

२८ चैत्र २०६९, बुधबार ०७:२१ मा प्रकाशित

काठमाडौं, २८ चैत । आर्थिक वर्ष २०६८र६९ मा नेपाल टेलिकमले साढे ११ अर्ब मुनाफा गरेको बताइएको छ । टेलिकमको पाँचौं वार्षिक साधारणसभामा सो कुरा सार्वजनिक गरिएको हो । साधारणसभामा सञ्चालक समिति अध्यक्ष ध्रुव शर्माले कम्पनीले मुनाफाबाट आफ्ना सेयरधनीलाई प्रतिसेयर ४८ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणासमेत गरे । कम्पनीको कारोबार पनि अघिल्लो वर्षको तुलनामा १५ दशमलव २१ प्रतिशत वृद्धि भई ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको शर्माले जानकारी दिए ।
शर्माले सेवाको गुणस्तर वृद्धिका लागि टेलिकमले काम थालेको जनाउँदै आगामी दिनमा सहरोन्मुख तथा ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने लक्ष्य टेलिकमको रहेको बताए । तारसहितको टेलिफोन सेवामा ग्राहकको सञ्चारसम्बन्धी सबै सम्बोधन पूरा गर्न नेक्स्ट जेनेरेसन नेटवर्क (एनजीएन), आईपी प्रविधिमा आधारित सफ्ट स्विच, मिडिया गेटवे, मल्टी सर्भिस एक्सेस नोडबाट डाटा र वाइम्याक्स प्रविधिजस्तै अन्य आधुनिक सेवालाई प्राथमिकतामा राखिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ। गत साताको बिहीबार अन्तिम कारोबारको दिन

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले औसत ब्याजदर वृद्धि गर्ने प्रक्रिया अघि सारेको छ । पत्रकारहरुसँग संवाद गर्दै फेडका

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

जलेश्वर । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८