चुनावलाई केन्द्रमा राखेर आयो नयाँ बजेट

२८ चैत्र २०६९, बुधबार ०७:०९ मा प्रकाशित

काठमाडौं, २८ चैत । निर्वाचनका लागि ६ अर्ब र निर्वाचन सुरक्षाका लागि ८ अर्ब बजेट बिनियोजन गर्दै सरकारले चालू आर्थिक बर्ष २०६९र७० को लागि कूल ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाखको पूर्ण बजेट प्रस्तुत गरेको छ । यसअघि दुई पटकको पूरक बजेटलाई समेत बजेटमा समेटिएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालले मंगलबार साँझ प्रस्तुत गरेको बजेटमा निर्वाचन, शान्ति सुरक्षा र महत्वपूर्ण भौतिक निर्माण क्षेत्रलाई विशेष फोकस गरिएको छ । निर्वाचन आयोग र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसमेतले अब असारमा चुनाव हुन नसक्ने संकेत गरिरहेको परिवेशमा सरकारले निर्वाचनकेन्द्रित बजेट ल्याउनुलाई कतिपयले आश्चर्यका रुपमा हेरे पनि नीजि क्षेत्रले बजेटको स्वागत गरेको छ ।
सरकारले बजेटमा अपरिहार्य क्षेत्रमा लगानी बढाउने, बिद्युत विकासमा लगानी बढाउने र राजश्व प्रशासनलाई प्रविधियुक्त बनाउने नीति लिएको छ । बजेटमार्फत रासायनिक मल सहज आपूर्ति र नया औद्योगिक क्षेत्र स्थापनाबारे पनि सम्बोधन गरिएको छ । २५ वर्षदेखि औद्योगिक क्षेत्र थपिन सकेको थिएन । लोडेसडिङ घटाउन तथा विराटनगर र हेटौंडाको मल्टिफूल्य अपधिकतम रुपमा सञ्चालन गरिने भएको छ । राजनीतिक दलहरुवीच सहमति बन्न नसक्दा चालू आर्थिक वर्षका लागि यसअघि नै दुईपटक पुरक बजेट ल्याइसकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री