कांग्रेस महासमिति बैठकको बन्दसत्रमा छलफल जारी

२७ चैत्र २०६९, मंगलवार १८:३२ मा प्रकाशित

आरपी उपाध्याय, नवलपरासी, २७ चैत । नवलपरासीको त्रिवेणीस्थित गजेन्द्रमोक्ष धाममा जारी नेपाली कांग्रेस महासमितिको वैठकको बन्दसत्र शुरु भएको छ । बन्दसत्रमा यतिबेला उपसभापति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको राजनितिक प्रस्तावमाथि सहभागीहरुले आफ्नो धारणा राखिरहेका छन् । सहभागीहरुले राजनितिक प्रतिवेदन लामो भएको प्रष्ट भाषा प्रयोग नगरिएको गुनासो गरेका छन् । प्रस्तावमाथि अहिले संसोधन प्रस्ताव दर्ता गर्ने क्रम जारी छ । बन्द सत्रको दोस्रो सत्रलाई सभापती कोइराला आफैंले सञ्चालन गरिरहेका छन् । बन्द शत्रमा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले महामन्त्रीको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको संयुक्त आठ पेज लामो प्रतिवेदनमा राजनीतिक दलहरुसंगको वार्ता, शान्ति प्रक्रिया सम्बन्ध, संविधानसभा विघटनको मुल कारण, सहमतिको सरकार, आसन्न संविधान सभा र संसदको निर्वाचन, पार्टी केन्द्रिय कार्यालयको भवन निर्माण, पार्टीको आन्तरिक संगठन, भातृ तथा शुभेच्छुक संस्थाहरुका सम्बन्ध लगायतका विषयहरु समेटिएको छ ।
महामन्त्रीको प्रस्तावमा २०६९ साल जेठ १४ गते बेलुका संविधान सभा, व्यवस्थापिका संसद, राजनीतिक सहमति र संवैधानिक प्रक्रियालाई छलेर एकीकृत माओवादी नेतृत्वको सरकारले एक लौटी र कपटपूर्ण शैलीमा गरेको निर्वाचनको घोषणाले संविधान संविधान निर्माण नहुंदै संविधानसभा विघटन हुन पुगेको उल्लेख गरिएको छ । त्यसैगरी बन्द शत्रमा उपसभापति रामचन्द्र पौडेनले राजनीतिक आर्थिक सामाजिक कार्यदिशासहितको राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरे । राजनीतिक प्रस्तावमा वैठकले शासकीय स्वरुप र संघीयताबारे नीतिगत अन्यौललाई प्रष्ट पार्न राजनीतिक प्रस्तावमा ७ र १३ दुई विकल्प छलफलका लागि महासमितिको वैठकमा पेश भएको छ । उपसभापतिले पेश गर्नुभएको ३२ पेज लामो राजनीतिक प्रस्तावमा २०७० सालभित्र स्थानीय निकायको निर्वाचन सुनिश्चित गराउन नेपाली कांग्रेस कटिबद्ध रहने उल्लेख गरिएको छ ।
त्यसैगरी वैठकमा महामन्त्री सिटौलाले जिल्ला सभापतिहरु र केन्द्रिय सभापतिलाई अधिकार थप गर्ने गरी विधान संसोधनको प्रस्ताव पेश गरेका छन् । त्यस्तै पार्टीको केन्द्रदेखि गाउं इकाइसम्म पदाधिकारी र सदस्य निर्वाचनबाट छानिने व्यवस्था गर्नु पर्ने विधानको संशोधनको प्रस्ताव पनि राखिएको छ । बन्द शत्रमा नेपाली कांग्रेसका महासमिति प्रतिनिधिहरुबीच पेश गरिएका प्रस्ताव र प्रतिवेदनहरुमाथि छलफल जारी छ ।

भातृ संगठनको निर्वाचन गर्न माग
नेपाली कांग्रेस महासमितिको वैठकको बन्द शत्र शुरु भइरहँदा बाहिर कार्यकर्ताहरुको एक समुहले भातृ संगठनको निर्वाचन गर्न माग गरेका थिए ।
कांग्रेसका युवा कार्यकर्ताहरुले बन्द सत्र स्थलदेखि केही पर युवा कार्यकर्ताहरुले नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतको छिटो निर्वाचन गर्न माग गरेका थिए । उनीहरुले संगठनहरुको निर्वाचन गरी संगठनलाई संक्रिय बनाउन माग गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट