पत्रकार मञ्चद्धारा खेलाडीलाई सम्मान

२१ चैत्र २०६८, मंगलवार १६:५६ मा प्रकाशित

बुटवल, २१ चैत । नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीले आज बुटवलमा कार्यक्रम गरी केही दिन अघि धनकुटामा भएको भोजपुर गोल्डकप फुटवल प्रतियोगितामा विजयी रुपन्देहीको गोर्खा ब्वाइज क्लब र जिल्ला भलिवल सङ्घ रुपन्देहीको अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई सम्मान गरेको छ । कार्यक्रममा अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापा र मञ्चका अध्यक्ष सुमन अधिकारीले दोसल्ला तथा अबिर लगाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा एन्फा केन्द्रिय अध्यक्ष एवं एएफसीका उपाध्यक्ष गणेश थापाले यस प्रकारको कार्यक्रमले खेलकुदको विकासमा टेवा पुग्ने धारणा राख्नुभयो । यसैगरी भलिबल सङ्घका केन्द्रीय सदस्य दिनेश पाण्डेले खेलकुद पत्रकार मञ्चले राम्रो कामको सुरुवात गरेकोमा बधाई दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी