न्यायाधीश नियुक्तिमा ‘न्यायाधीश समाज’ नै बाधक

२७ चैत्र २०६९, मंगलवार १७:४० मा प्रकाशित

काठमाडौं, २७ चैत । सर्वोच्च अदालतमा रिक्त नौ जना स्थायी न्यायाधीश नियुक्तिको प्रक्रिया यतिबेला उत्कर्षमा छ । न्यायाधीश नियुक्तिका लागि व्यवस्था गरिएको न्यायपरिषद्को बैठक दिनहुँ बसिरहेको छ तर न्यायाधीशको चयन भने हुन सकेको छैन । यसरी न्यायपरिषद् अलमलमा पर्नुको मुख्य कारण पुनरावेदनका न्यायाधीशहरुको एनजीओरुपी संस्था ‘न्यायाधीश समाज’को अस्वस्थ चलखेल रहेको सम्वद्ध क्षेत्रको दाबी छ । 
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा पुनरावेदन अदालतका न्यायाधीशहरु, बार एसोसियसनबाट वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरु, कानून शंकायतर्फका कानुनका शिक्षकहरु तथा कानूनको अध्ययन–अनुसन्धान गर्ने अन्य क्षेत्रका विख्यात व्यक्तिहरुबाट नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ । संसद भएको अवस्थामा न्यायपरिषदले सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाईका लागि संसदमा लैजाने र संसदले सुनुवाई गरेपछि प्रधानन्यायाधीशले नियुक्त गर्ने प्रावधान भए पनि अहिले संसद नभएकाले बाधा अडकाउ फुकाएर पछि संससदमा नियुक्तिको विषय पेस गर्ने गरी नियुक्तिको तरखर सुरु हुन लागेको हो ।
संविधानसभा हुँदैखेरि न्यायपरिषद्ले बार र कानून अध्ययन संस्थानसँग नाम मागेको थियो । बारबाट १५ जना र कानून अध्ययन संस्थानबाट ५ जनाको नाम पठाइएकोमा न्यायाधीश नियुक्त नहुँदै संविधानसभा विघटन भयो र सुनुवाई गर्ने ठाउँ नभएकोले न्यायपरिषद्को बैठक नै बसेन, राजनीतिक विषयमा मात्र मुलुक अल्झियो । तर अहिले बाधा अडकाउ फुकाउ भएकोले पुनः यो प्रक्रिया सुरु भएको छ र यससम्बन्धी सरगर्मी बढ्न पुगेको छ ।
पुनरावेदन अदालतका मुख्यन्यायाधीश तथा न्यायाधीशहरु सकेसम्म कानून व्यावसायीलाई नियुक्त गरिनुहुन्न भन्ने पूर्वाग्रही अवधारणाबाट ग्रसित रहेको बुझिएको छ । सकभर आफूहरु मात्रै सर्वोच्चका न्यायाधीश बनेर जाने र कानुन व्यावसायीहरुलाई अवसर नदिने प्रपञ्चमा उनीहरु छन् । अहिले कानुन व्यवसायबाट गएका मानिसहरु लामो समयसम्म सर्वोच्चमा रही भविष्यमा प्रधानन्यायाधीशसमेत हुन सक्ने अवस्था रहेकोले उनीहरु त्यसरी कानुन व्यवसायीको नियुक्तिको विरुद्ध उभिएका बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।